Homeमनोरञ्जन‘मिष्टर नेपाल २०२२’ का लागि आवेदन खुल्ला

‘मिष्टर नेपाल २०२२’ का लागि आवेदन खुल्ला

कोरोनाका कारण स्थगित भएका सौन्दर्य प्रतियोगिता अहिले धमाधम सुरु हुन थालेका छन् । यस्तै युवाहरुको सहभागिता रहने नेपालकै प्रतिष्ठित र ठुलो प्रतियोगिता ‘मिष्टर नेपाल’ पनि आयोजना हुने भएको छ । एक्सपोज नेपालले आयोजना गर्दै आएको यो प्रतियोगिता यस वर्षबाट चिरपरिचित आयोजक नेक्स्ट मोडल्स नेपालले गर्ने भएको हो । आयोजक नेक्स्ट मोडल्सले ‘मिष्टर नेपाल २०२२’ का लागि आवेदन समेत खुल्ला गरेको छ ।

प्रतियोगिताको अडिसन आगामी माघको दोस्रो सातादेखि सुरु हुँदैछ । यो वर्षबाट आयोजकले विभिन्न जिल्लामा आयोजना हुने स्थानीय सौन्दर्य प्रतियोगिताका विजेतालाई समेत सहभागीको अवसर प्रदान गर्ने भएको छ । ‘मिष्टर वर्ल्ड’ मा नेपालको सहभागिता अझ दर्बिलो बनाउन र प्रतियोगितालाई थप उचाई दिने उद्देश्यका साथ आफुले ‘मिष्टर नेपाल’ मा जोडिएको नेक्स्ट मोडल्स नेपालका सिइयो रवि धमलाले बताए । प्रतियोगिता विगतको भन्दा अझ भव्य बनाउन आफु लागिपरेको उनले सुनाए । ‘यो वर्ष मिस्टर नेपाल’ नेपालमा आयोजना हुने सबै सौन्दर्य प्रतियोगिता भन्दा भव्य हुनेछ’ धमलाले भने ।

प्रतियोगिताको शीर्ष विजेताले ‘मिस्टर वर्ल्ड २०२२’ मा सहभागिताको अवसरको अलवा विभिन्न उपहार समेत हात पार्नेछन् । देशैभरि छरिएर रहेका प्रतिभालाई समेट्ने उद्देश्यले आयोजना गर्न लागिएको प्रतियोगितामा अडिसनबाट छानिएका प्रतियोगीलाई मात्र अन्तिम प्रतिस्पर्धाको तयारी कक्षा स्वमिङ, फुटबल, रक क्लाइमिङ, समाजसेवा, सर्ट हाइकिङग, क्याटवाक, व्यक्तित्व विकास, पब्लिक स्पिकिङलगायतका दर्जन बढी विषयको प्रशिक्षणमा सहभागी गराइनेछ । प्रतियोगितामा नेपालको आन्तरिक पर्यटनको विकासका लागि समेत विभिन्न गतिविधि सञ्चालन हुने आयोजक पक्षले जनाएको छ ।

युवाहरुको व्यक्तित्व विकास, आत्मविश्वास अभिवृद्धि, क्षमता उजागर लगायत नेतृत्वदायी क्षमता विकास गर्ने उदेश्यले यो प्रतियोगिता २००१ देखि नियमित आयोजना हुँदै आएको हो । प्रतियोगितामा सहभागिताका लागि आवेदन फर्म नेक्स्ट मोडल्स नेपालको आधिकारिक वेभसाइट तथा इसेवाबाट समेत प्राप्त गर्न सकिनेछ ।

TLN Post
TLN Post
सपूर्ण नेपाली सम्पूर्ण समाचार,म्युजिक भिडियो, फिल्म र अन्य खबरहरु र साथसाथै म्युजिक र फिल्महरु को रिभ्यु | साथै यहाँहरुको म्युजिक भिडियो र फिलिमहरुको प्रोमोसन गर्नु परेमा हामी लाई साम्झनुहोस |

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Must Read