Homeसमाचारअन्तरिक्षमा पहिलो पटक फिल्म छायांकन गर्न रुसी कलाकार स्पेस स्टेसनतिर

अन्तरिक्षमा पहिलो पटक फिल्म छायांकन गर्न रुसी कलाकार स्पेस स्टेसनतिर

पहिलो पटक अन्तरिक्षमा चलचित्र छायांकन गर्न रुसी कलाकार टोली अन्तराष्ट्रिय अन्तरिक्ष केन्द्रतर्फ लागेको छ। अन्तरिक्षमा छायांकन हुन लागेको ‘द च्यालेन्ज’ नामक यो फिचर फिल्म अन्तरिक्षमा आइपर्ने स्वास्थ्य आपतकालका बारेमा छ।

छायांकनका लागि मंगलबार ३७ वर्षीय अभिनेत्री जुलिया पेरेसिल्ड र निर्देशक क्लिम सिपेन्को रुसको सोयुज यानबाट अन्तरिक्षतर्फ लागेका हुन्। सो यानको नेतृत्व अन्तरिक्षयात्री आन्तोन स्काप्लेरोवले गरेका छन्।

पेरेसिल्ड र सिपेन्कोले अन्तरिक्ष केन्द्रमा १२ दिन बिताउने छन्। तर, आफूहरुले अन्तरिक्षयात्रीहरुसँग दैनिक दुईतीन घण्टा मात्रै छायांकनको समय पाउने अभिनेत्री पेरेसिल्डले बताएकी छन्। यससँगै रुसले अन्तरिक्षसम्बन्धी अर्को कीर्तिमान पनि राख्ने भएको छ।

चन्द्रमा अवतरणको दौड अमेरिकाले जिते पनि पहिलो स्याटलाइट, पहिलो अन्तरिक्षयात्री, पहिलो महिला अन्तरिक्षयात्री, पहिलो स्पेसवाक, पहिलो बहुसदस्यीय अन्तरिक्ष दल र पहिलो अन्तरिक्ष केन्द्रको कीर्तिमान रुसको नाममा छ। हलिउड अभिनेता टम क्रुजले पनि अन्तरिक्षमा छायांकन गर्ने योजना बनाइरहेको बताइएको छ।

TLN Post
TLN Post
सपूर्ण नेपाली सम्पूर्ण समाचार,म्युजिक भिडियो, फिल्म र अन्य खबरहरु र साथसाथै म्युजिक र फिल्महरु को रिभ्यु | साथै यहाँहरुको म्युजिक भिडियो र फिलिमहरुको प्रोमोसन गर्नु परेमा हामी लाई साम्झनुहोस |

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Must Read