Home समाचार चार डलरमा पाइन्छ भने एक करोड डोज खोप किन्छौं : स्वास्थ्यमन्त्री

चार डलरमा पाइन्छ भने एक करोड डोज खोप किन्छौं : स्वास्थ्यमन्त्री

स्वास्थ्य तथा जनसंख्यामन्त्री हृदयेश त्रिपाठीले कसैले चार डलरमा खोप उपलब्ध गराउँछ भने एक करोड डोज खोप किन्न सरकार तयार रहेको बताएका छन्।

मंगलबार स्वास्थ्य मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै मन्त्री त्रिपाठीले भने, “कसैले प्रतिडोज चार डलरमा उपलब्ध गराउँछ भने सरकार एक करोड खोप किन्न तयार छ।”

सिरम इन्स्टिच्यूट अफ इन्डियासँग खोप किन्दा कसैलाई पनि कमिसन नदिएको मन्त्री त्रिपाठीले बताए। सिरमले निर्यात अनुमति पाएपछि नेपालले खोप पाउने विश्वास पनि उनले व्यक्त गरे।

नेपाल सरकारले सिरमलाई २० लाख डोज खोपका लागि ८० प्रतिशत रकम भुक्तानी गरेकोमा १० लाख डोज खोप मात्रै आएको छ। भारतबाहेकका देशबाट पनि खोप ल्याउन पहल भइरहेको त्रिपाठीले बताए।

TLN Post
सपूर्ण नेपाली सम्पूर्ण समाचार,म्युजिक भिडियो, फिल्म र अन्य खबरहरु र साथसाथै म्युजिक र फिल्महरु को रिभ्यु | साथै यहाँहरुको म्युजिक भिडियो र फिलिमहरुको प्रोमोसन गर्नु परेमा हामी लाई साम्झनुहोस |

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Must Read