Homeजानकारीको हुन् ३३ किलो सुन प्रकरणका नाइके ‘गोरे’ ?

को हुन् ३३ किलो सुन प्रकरणका नाइके ‘गोरे’ ?

जिल्ला अदालत मोरङले ३८ क्विन्टल सुन तस्करी र सनम शाक्य हत्या प्रकरणमा ६ जनालाई आज जन्मकैदको फैसला सुनाएको छ । जिल्ला न्यायाधीश भरत लम्सालको एकल इजलासले चूडामणि उप्रेती गोरे, मोहन काफ्ले, टेकराज मल्ल, लाक्पा शेर्पा, नरेन्द्र कार्की र भोजराज भण्डारीलाई जन्मकैदको सजाय सुनाएको हो ।

तीमध्ये सुन तस्करी र सनम शाक्य हत्याका मुख्य आरोपी चुडामणि उप्रेती ‘गोरे’ लाई अपहरण तथा शरीर बन्धकमा पनि सजाय सुनाइएको छ । गोरेको पृष्ठभूमि हेर्दा उनका बुबा नेपाल प्रहरीको प्रहरी सहायक निरीक्षक (असई) थिए । तस्करीको ३३ किलो सुन र सनम शाक्य हत्यासम्बन्धी मुद्दामा जन्मकैदको फैसला सुनाइएकामध्येका चुडामणि उप्रेती ‘गोरे’ मोरङको उर्लाबारीका हुन् ।

फौजी क्षेत्रमा बुबाको जागिर भएकाले उनले पनि त्यही क्षेत्र रोजे । भारतीय सेनामा छनोट भए पनि चुडामणि तालिमको क्रममा भागे । उनी दुबई पुगे । मोरङ उर्लाबारी घर भएका उनको छवि गाउँमा ‘फुटबलर’ को थियो । चुडामणि ‘मोरङ-११’ बाट फुटबल खेल्थे । भागेर दुबई पुगेपछि उनको जागिर दुबई प्रहरीमा भयो । त्यहाँ उनले प्रहरीको पनि जागिर छाडे । त्यसपछि भने चुडामणिको संलग्नता सुन तस्करीमा भयो । त्यतिबेला उनको हिमचिम नेपाल प्रहरीको उच्च अधिकारीहरूसँग भएको बताइन्छ ।

त्यसकै फाइदा उठाएर ‘गोरे’ ले ९ माघ २०७४ मा दुबईबाट जहाजमार्फत् ३३ किलो सुन पठाएको र अन्ततः गायब भएपछि सनम शाक्यको हत्या भएको खुल्यो । जहाँ ‘गोरे’ को संलग्नता रहेको प्रहरीले ‘क्लु’ पनि पायो । त्यतिबेलासम्म भने उनी फरार भइसकेका थिए । अन्ततः उनी पक्राउ परे ।

चुडामणिको घर हाल काठमाडौंको कागेश्वरी-मनोहरा नगरपालिका–९ महानटारमा छ । उनलाई ‘गोल्ड डन’ भनेर पनि चिनिन्छ । तस्करीको ३३ किलो सुनको मालिक भनेर चर्चा पाएपछि उनलाई यस्तो उपनाम दिइएको हो ।

TLN Post
TLN Post
सपूर्ण नेपाली सम्पूर्ण समाचार,म्युजिक भिडियो, फिल्म र अन्य खबरहरु र साथसाथै म्युजिक र फिल्महरु को रिभ्यु | साथै यहाँहरुको म्युजिक भिडियो र फिलिमहरुको प्रोमोसन गर्नु परेमा हामी लाई साम्झनुहोस |

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Must Read