Homeसमाचारडिसहोमको ‘दिमाग हल्लिने अफर’, ८९९ रुपैयाँमा १०० एमविपिएसको इन्टरनेट

डिसहोमको ‘दिमाग हल्लिने अफर’, ८९९ रुपैयाँमा १०० एमविपिएसको इन्टरनेट

पछिल्लो समय इन्टरनेट सेवाप्रदायकहरु बीच निकै कडा प्रतिस्पर्धा छ। प्रतिबद्धता अनुरुप सेवा दिन नसकेपनि नयाँ नयाँ योजनाहरुहरु बजारमा आईरहनछन। त्यस्तै डिसहोम फाइबरनेटले पनि सबै भन्दा सस्तोमा इन्टरनेट सेवा उपलब्ध गराउने जनाएको छ ।

कम्पनीले ‘दिमाग हल्लिने अफर’ भन्दै मासिक ८ सय ९९ रुपैयाँमा एक सय एमविपिएस इन्टरनेट सेवा उपलब्ध गराउने जनाएको हो । एक सय एमबिपिएस इन्टरनेट सबैभन्दा सस्तो मूल्यमा जडान गरी स्पेन घुम्न जाने मौका पनि ग्राहकहरुले प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ ।

२०७८ असोज ११ गतेदेखि ‘ह्याप्पीपर्वको ह्याप्पी कनेक्सन’ योजना सञ्चालन भइरहेको र योजना अन्तर्गत डिसहोम फाइबरनेटको नयाँ कनेक्सन लिने चार जना भाग्यशाली ग्राहक स्पेन घुम्न जान पाउने भएका हुन् ।

भाग्यशाली विजेताहरुको छनोट लक्की ड्र मार्फत गरिने कम्पनीले जनाएको छ ।

 

TLN Post
TLN Post
सपूर्ण नेपाली सम्पूर्ण समाचार,म्युजिक भिडियो, फिल्म र अन्य खबरहरु र साथसाथै म्युजिक र फिल्महरु को रिभ्यु | साथै यहाँहरुको म्युजिक भिडियो र फिलिमहरुको प्रोमोसन गर्नु परेमा हामी लाई साम्झनुहोस |

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Must Read