Homeसमाचारके नेपालमा म्याद सकिएका खोप लगाएकै हुन् त ?

के नेपालमा म्याद सकिएका खोप लगाएकै हुन् त ?

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले म्याद सकिएका भाइरसविरुद्धको खोप नलगाएको स्पष्ट पारेको छ ।

मन्त्रालयले आज सूचना जारी गर्दै भाइरसविरुद्धको म्याद सकिएको खोपको प्रयोग भइरहेको अफवाह फैलिएका प्रति मन्त्रालयको ध्यानाकर्षण भएको जनाउँदै म्याद सकिएको खोपको प्रयोग नगरिएको स्पष्ट पारेको हो । मन्त्रालयले खोपको म्यादबारेको अफवाहको पछि नलागी ढुक्क भएर खोप लगाउन सबैलाई अनुरोधसमेत गरेको छ ।

नेपालमा अहिलेसम्म कोभिशिल्ड, भेरोसेल, जोन्सन एण्ड जोन्सन र एस्ट्राजेनिका खोप लगाइएको छ ।“भाइरसविरुद्धको खोपको म्यादका सम्बन्धमा मन्त्रालय सचेत रहेको र म्याद सकिनुअघि नै सबै खोप प्रयोगमा ल्याइसक्ने कुराको प्रत्याभूत गराउन चाहन्छौ,” सूचनामा भनिएको छ ।

अहिलेसम्म ५० लाख ६३ हजार ५२२ जनाले पहिलो मात्राको खोप र ४० लाख ५२ हजार ७६५ जनाले पूर्ण मात्राको खोप लगाइसकेको मन्त्रालयले जनाएको छ ।

त्यस्तै नेपालमा पहिलो मात्रा खोप लगाउने व्यक्तिकाे संख्या ५० लाखभन्दा पुगेकाे छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा शुक्रबारसम्म ५० लाख ६३ हजार ५२२ जना व्यक्तिले पहिलो मात्रा खोप लगाएका छन्।

नेपालमा गतवर्ष माघ १४ गतेदेखि खोप लगाउन सुरु गरिसकेको हो। पहिलो चरणमा उपचारमा खटिएका स्वास्थ्यकर्मी, सरसफाईकर्मी, सुरक्षाकर्मीलाई खोप दिइएको थियो। हालसम्म ५० वर्षभन्दा माथिका नागरिक, बैंक, सार्वजनिक यातायातका चालक, सहचालक, विभिन्न विश्वविद्यालयका परीक्षामा सामेल हुने विद्यार्थीहरु, पत्रकार, विभिन्न कारणले वैदेशिक यात्रामा जाने व्यक्ति, शरणार्थीलगायतले खोप पाइसकेका छन्।

TLN Post
TLN Post
सपूर्ण नेपाली सम्पूर्ण समाचार,म्युजिक भिडियो, फिल्म र अन्य खबरहरु र साथसाथै म्युजिक र फिल्महरु को रिभ्यु | साथै यहाँहरुको म्युजिक भिडियो र फिलिमहरुको प्रोमोसन गर्नु परेमा हामी लाई साम्झनुहोस |

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Must Read