Homeजानकारी‘कमेडी च्याम्पियन’मा भरतमणिको पूर्व युवराज पारस शाहको गेटअपको भिडियो किन बन्यो भाईरल...

‘कमेडी च्याम्पियन’मा भरतमणिको पूर्व युवराज पारस शाहको गेटअपको भिडियो किन बन्यो भाईरल ?

हाँस्य रियालिटी शो ‘कमेडी च्याम्पियन सिजन-२’ अहिले चर्चामा छ । शीर्ष पाँच प्रतियोगी छनोट भैसकेको र यसै साता उत्कृष्ट चार चुनिने छन् । शीर्ष चारका लागि सिक्किमका विक्की अग्रवालले आफ्नो स्थान सुरक्षित बनाइसकेका छन् । भरतमणि पौडेल, विकास अर्याल, सन्तोष थापा, हिक्मत महरा अन्तिम चारमा स्थान सुरक्षित गर्न प्रतिस्पर्धा गरिरहेका छन् । कमेडी रियालिटी शो ‘कमेडी च्याम्पियन २’ का प्रतियोगी भरतमणि पौडेलले पूर्व युवराज पारस शाहको गेटअपमा गरेको प्रस्तुतिको भिडियो सामाजिक संजाल टिकटकमा भाइरल भएको छ भने युट्युबको ट्रेनिङमा पर्न सफल भएको छ ।

आज शनिबार राती ९ बजेपछि कान्तिपुर टेलिभिजनमा प्रसारण हुने ‘कमेडी च्याम्पियन’ को नयाँ श्रृखंलामा उनी पूर्व युवराज शाहको गेट अपमा देखिन लागेका हुन् । यसअघि बिहीबार मात्र उक्त शो को नयाँ ट्रेलर सार्वजनिक गरिएको थियो ।

ट्रेलर सार्वजनिक भएपछि भरतमणिको यो लुक्सले चारैतिर चर्चा पाइरहेको छ । ताप्लेजुङका भरतमणि रेडियोमा कार्यक्रम चलाउँदा कलाकार र नेताहरुको क्यारिकेचर गर्दागर्दै हास्यव्यंग्य क्षेत्रमा प्रवेश गरेका हुन् । कमेडी च्याम्पियन सिजन–२ मा पूर्वमन्त्री गोकुल बाँस्कोटादेखि राष्ट्रिय सभा सांसद रामनारायण बिडारी मात्र होइन, पूर्वयुवराज पारस र पूर्वराजा ज्ञानेन्द्र शाहसम्मको क्यारिकेचर गरेर दर्शकको मन जितेका छन् ।

२०६९ साल माघमा उनी रेडियो तमोरको जागिर छोडेर काठमाडौं आए । कलाकारितालाई निखार्ने सोचले काठमाडौं आएका उनले रेडियो कान्तिपुरको ‘साथीसँग मनका कुरा’ कार्यक्रमका लागि अडिसन दिएपनि छनोट नभएर फेरि ताप्लेजुङ नै फर्किएर उही पुरानो अफिस रेडियो तमोर पुगेका थिए ।

TLN Post
TLN Post
सपूर्ण नेपाली सम्पूर्ण समाचार,म्युजिक भिडियो, फिल्म र अन्य खबरहरु र साथसाथै म्युजिक र फिल्महरु को रिभ्यु | साथै यहाँहरुको म्युजिक भिडियो र फिलिमहरुको प्रोमोसन गर्नु परेमा हामी लाई साम्झनुहोस |

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Must Read