Home समाचार यी जिल्लामा ठूलो वर्षा, अझै पानी पर्ने सम्भावना

यी जिल्लामा ठूलो वर्षा, अझै पानी पर्ने सम्भावना

मनसुन सक्रिय भएसँगै देशभर वर्षा सुरू भएको छ। मनसुनी वायुका प्रभावले आज देशका अधिकांश स्थानमा भारी वर्षा जारि छ भने अझै केहि दिन जारि रहने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

नारायणी र गण्डकी तटिय क्षेत्रमा भने पछिल्लो २४ घन्टामा भारी वर्षा भएको र थप वर्षा हुने सम्भावना रहेको बाढी पूर्वानुमा महाशाखाले जनाएको छ।

पछिल्लो २४ घण्टामा चितवन, नवलपुर, पश्चिम नवलपरासी, रुपन्देही, पाल्पा, कास्की, म्याग्दी र आसपासका जिल्लाहरुमा भारी वर्षा मापन भएको र थप वर्षा हुने पूर्वानुमान रहेकाले तटीय क्षेत्र, कमजोर तथा भिरालो जमीन र डुबान भइरहने होचा स्थानमा आज रातिसम्मै उच्च सतर्कता अपनाउन बाढी पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ।

TLN Post
सपूर्ण नेपाली सम्पूर्ण समाचार,म्युजिक भिडियो, फिल्म र अन्य खबरहरु र साथसाथै म्युजिक र फिल्महरु को रिभ्यु | साथै यहाँहरुको म्युजिक भिडियो र फिलिमहरुको प्रोमोसन गर्नु परेमा हामी लाई साम्झनुहोस |

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Must Read