Homeसमाचारआज यी नदीहरुमा बढ्न सक्छ वहाब, सतर्क रहन आग्रह

आज यी नदीहरुमा बढ्न सक्छ वहाब, सतर्क रहन आग्रह

देशका विभिन्न भागमा पानी पर्ने भएकाले आज केही नदीहरुमा पानीको वहाब बढ्ने जनाइएको छ । कोशी, कर्णाली, कन्काई, वाग्मती, पूर्वीराप्ती, पश्चिम राप्ती र यिनका सहायक नदीहरुमा बहाव बढ्ने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

नारायणी, महाकाली, कमला, तिनाउ, बबईलगायतमा वहाब सामान्य घटबढ हुने तर सतर्कता तहभन्दा तलै रहने पूर्वानुमान रहेको विभागको भनाइ छ ।

कोशी, कर्णाली र यिनका सहायक नदीहरुमा आज बहाव बढ्ने छ भने नारायणी, महाकाली र यिनका सहायक नदीहरूमा वहाब सामान्य घटबढ हुने छ । यद्यपि सतर्कता तहभन्दा तलै रहने पूर्वानुमान छ ।

प्रदेश १ को इलाम, झापा, मोरङ, सुनसरी, सोलुखुम्बु, संखुवासभा, ताप्लेजुङ, ओखलढुंगा, खोटाङ, भोजपुर तथा प्रदेश २ को रौतहट र धनुषाका नदी तथा खोलामा आज पानीको सतह बढ्ने छ ।

वाग्मती प्रदेशको दोलखा, रामेछाप, काभ्रेपलाञ्चोक, मकवानपुर, र चितवनमा तथा गण्डकी प्रदेशको म्याग्दी, बागलुङका नदी तथा खोलामा वहाब बढ्ने विभागले जनाएको छ ।

लुम्बिनी प्रदेशको पाल्पा, अर्घाखाँची, प्युठान, रोल्पा, कपिलवस्तु, दाङ र बाँकेका नदी तथा खोलामा तथा कर्णाली प्रदेशको दैलेख, सल्यान, जाजरकोट, कालिकोट, जुम्ला र हुम्लाका नदी तथा खोलामा पानीको बहाव बढ्ने छ ।

सुदरपश्चिम प्रदेशको बझाङ, बाजुरा, बैतडी, डडेलधुरा, कैलाली र आसपासका जिल्ला भई बहने स–साना नदीहरुमा बहाव बढ्ने र केहीमा आकस्मिक बहाव आउन सक्ने पूर्वानुमान रहेकाले सतर्क रहन विभागको आग्रह छ ।

TLN Post
TLN Post
सपूर्ण नेपाली सम्पूर्ण समाचार,म्युजिक भिडियो, फिल्म र अन्य खबरहरु र साथसाथै म्युजिक र फिल्महरु को रिभ्यु | साथै यहाँहरुको म्युजिक भिडियो र फिलिमहरुको प्रोमोसन गर्नु परेमा हामी लाई साम्झनुहोस |

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Must Read