Homeसमाचारकर्णालीमा १७ वर्षीया छोरीले दिइन् बुवालाई दागवत्ती

कर्णालीमा १७ वर्षीया छोरीले दिइन् बुवालाई दागवत्ती

कर्णालीमा सम्भवत: पहिलो पटक छोरीले बुवाको दाहसंस्कार गरेकी छन् ।

छायानाथ रारा नगरपालिका वडा नं ५ स्थित साल्ट ट्रेडिङ्ग कर्पोरेशन मुगुमा कार्यालय सहयोगिका रुपमा काम गर्दे आएका वर्ष ४९ का ज्ञानबहादुर बुढाकी १७ वर्षीया छोरी अमदेवी बुढाले देहवशान भएका बुवालाई दागवत्ती दिएकी हुन् । छोरीले बुवाको दाहसंस्कार गरेपछि यहाँका स्थानीयले कर्णालीकै सर्वश्रेष्ठ छोरीको रुपमा उनको चर्चा गरिरहेका छन् ।

हिन्दू परम्परामा छोरा(पुरुष) ले दागवत्ती दिने प्रचलन भए पनि अमदेवीले बुवालाई दागवत्ती दिएकी हुन् । उनका दाजुभाइ पनि छन् । स्वर्गीय ज्ञानबहादुरका जेठा छोरा वीरेन्द्र र कान्छा छोरा महेन्द्रले बहिनीलाई पनि छोरा सरहको अधिकार रहेको भन्दै दागवत्ती दिने कुरालाई सहज रुपमा लिएका हुन् ।

‘बहिनीले हामी छोरा सरहको अधिकार पाउनुपर्छ, दिनुपर्छ भन्ने उद्देश्यले हामी दुई भाइको सल्लाह बमोजिम बहिनीकै हातबाट बुवाको दाहसंस्कार गरेका हौं’ उनीहरुले भने ।

उनले दाजुभाइ नभएका महिलाले पनि दाहसंस्कार गर्न सक्छ भनेर समाजमा जानकारी दिन आफूले यस्तो गरेको बताइन् । ‘म एक नारी हुँ, घरकि कान्छी छोरी पनि हुँ।

ग्रामिण प्रचलन अनुसार छोराले मात्र गर्नुपर्छ भन्ने चलन रही आएको छ र यो प्रचलनलाई नयाँ स्वरुपमा ढाल्न खोजेको हो’ उनले भनिन्, ‘यदी कसैका छोराहरु नभएर छोरी भए पनि बुवाको दाहसंस्कार गर्न सक्छन् भनेर यो कार्य गरेकी हुँ।’

दाईहरुको मात्र नभएर आफ्नो पनि वुबा भएका कारण अन्तिम संस्कारमा पनि हक भएको उनको भनाइ छ । काठमाडौंमा बसेर अध्ययन गर्दै आएकी उनले आफू पनि दाहसंस्कारमा उपस्थित हुने भन्दै एक दिन शव जलाउनबाट रोकेकी थिइन् ।

दोस्रो दिन शनिबार आर्यघाट पुगेर दिउँसो १२ बजे बुवा ज्ञान बहादुरलाई उनले दागवत्ती दिएकी थिइन् । छोरीले बुवाको दाहसंस्कार गर्छु भन्दै आग्रह गरेपछि नरोकेको मृतकका भाइ टोपबहादुर बुढाले बताए ।

TLN Post
TLN Post
सपूर्ण नेपाली सम्पूर्ण समाचार,म्युजिक भिडियो, फिल्म र अन्य खबरहरु र साथसाथै म्युजिक र फिल्महरु को रिभ्यु | साथै यहाँहरुको म्युजिक भिडियो र फिलिमहरुको प्रोमोसन गर्नु परेमा हामी लाई साम्झनुहोस |

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Must Read