Homeखेलकुदपारसको जर्सी नम्बर ७७ अब राष्ट्रिय टिममा प्रयोग नगरिने

पारसको जर्सी नम्बर ७७ अब राष्ट्रिय टिममा प्रयोग नगरिने

नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान तथा सर्वाधिक सफल खेलाडी पारस खड्काको जर्सी नम्बर ७७ प्रयोग नगरिने भएको छ । पारसले गत मंगलबार अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्न्यासको घोषणा गरेपछि नेपाल क्रिकेट संघ (क्यान) ले ७७ नम्बर जर्सी प्रयोग नगर्ने जनाएको छ ।

क्यानको कार्यान्वयन समितिले आइतबार पारसले नेपाली क्रिकेटमा दिएको योगदानको कदर गर्दै ७७ नम्बरको जर्सी प्रयोगमा नल्याउने निर्णय गरेको हो । उक्त समितिमा क्यानका अध्यक्ष चतुर बहादुर चन्द, सचिव अशोकनाथ प्याकुरेल, कोषाअध्यक्ष रोशन कुमार सिंह, उपाध्यक्ष राजा बाबु श्रेष्ण र सदस्य अमिर बिर पाण्डे रहेका छन् । पारसको सन्न्यास पछि जर्सी नम्बर ७७ खाली बनेको थियो । तर क्यानले आगमी दिनमा पनि प्रयोगमा नल्याउने निर्णय गरेको हो ।

घरेलु क्रिकेट र उमेर समूहमा नेपाली क्रिकेटका युवा अलराउन्डर पवन सरार्फले ७७ रनको जर्सी लगाएका थिए । पारसको सन्न्यासपछि पवनलाई सिनियर टोलीमा जर्सी नम्बर ७७ को लगि बाटो खुलेको थियो । तर क्यानले ७७ नम्बर जर्सी आगमी दिनमा नेपाली क्रिकेटमा प्रयोगमा नल्याउने जनाएको छ ।

सन् २००४ मा मलेसियाविरुद्ध डेब्यू गर्दै अन्तर्राष्ट्रिय क्रिकेट यात्रालाई अघि बढाएका पारसले नेपालबाट अन्तिम खेल २०२० मार्च ४ मा थाईल्यान्डविरुद्ध खेलेका थिए । पारसले नेपालका लागि १० ओडिआई, ३३ टि२० आई, २ प्रथम श्रेणी, ४६ लिष्ट ए र ५६ टि२० खेलेका छन् । सन् २००९ देखि २०१९ सम्म नेपाली क्रिकेट टोलीको कप्तानी समालेका थिए । पारसको कप्तानीमा नेपालले पहिलो पटक २०१० मा घरेलु मैदानमा आइसिसी डिभिजन फाइभ देखि ओडिआई मान्यता पाएको थियो । २०१४ मा पहिलो पटक टि२० विश्वकप खेलेको थियो ।

TLN Post
TLN Post
सपूर्ण नेपाली सम्पूर्ण समाचार,म्युजिक भिडियो, फिल्म र अन्य खबरहरु र साथसाथै म्युजिक र फिल्महरु को रिभ्यु | साथै यहाँहरुको म्युजिक भिडियो र फिलिमहरुको प्रोमोसन गर्नु परेमा हामी लाई साम्झनुहोस |

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Must Read