चन्द्रागिरी हिल्सको वित्तीय विवरण सार्वजनिक, निरन्तर नोक्सानी व्यहोर्दै

0
122

चन्द्रागिरी हिल्स कम्पनी लिमिटेडले २५ करोड ३८ लाख ४२ हजार रुपैयाँ खुद नोक्सानी व्यहोर्नुपरेको छ । कम्पनीले सार्वजनिक गरेको गत आर्थिक वर्ष २०७७/७८ को चौथो त्रैमासको वित्तीय विवरणले यस्तो देखाएको हो ।

गत आर्थिक वर्षको यसै अवधिमा पनि कम्पनीले १० करोड ६६ रुपैयाँ घाटा व्यहोर्नुपरेको थियो । कोरोनाका कारण कम्पनी बन्द हुँदा कम्पनीको सञ्चालन आम्दानी घट्न पुग्दा खुद नोक्सानी समेत बढेको हो । समीक्षा अवधिमा कम्पनीको सञ्चालन आम्दानी ४१ करोड ३० लाख रुपैयाँबाट घटेर २२ करोड १५ लाख रुपैयाँमा सिमित हुन पुगेको छ ।

कम्पनीको गत आर्थिक बर्षको चैत्र १८ गते सम्माको वित्तिय विवरण अनुसार कम्पनीले १८ करोड रुपैयाँ नोक्सानी व्यहोरी सकेको थियो । कम्पनीले प्रकाशित गरेको बित्तिय विवरण अनुसार हाल कम्पनीको प्रतिसेयर आम्दानी ऋणात्मक छ ।

कम्पनीले गत बर्षको पुस २४ गतेबाट कम्पनीले जम्मा १५ लाख ३४ हजार ९१ कित्ता सेयर निष्कासन गरेको हो । जसमध्ये ४ प्रतिशत अर्थात ६१ हजार ३ सय ६४ कित्ता कम्पनीका कर्मचारीलाई, ५ प्रतिशत अर्थात ७६ हजार ७ सय ५ कित्ता म्युचुअल फण्डहरूलाई र बाँकी १३ लाख ९६ हजार २२ कित्ता सर्वसाधारणको लागि निष्कासन गर्न गरेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here