कोरोना संक्रमणबाट निको भएपछी चर्चित हास्य टेलिश्रृङखला सक्किगोनीका कलाकार दिपक आचार्य काकुले कोरोना सङ्क्रमण पछि जीवन र मृत्यु सङ्ग लडाइ लडि रहदा सामाजिक संजालले सन्क्रमितको मनोबल घटाउन भुमिका खेलेको भन्दै सामाजिक सन्जालमा सम्बेदनहिनता हराएको जसले सङ्क्रमित लाई पल पल तड्पियर मर्न बाध्य बनाउँंने कुरा आफुले अनुभव गरेको बताएका छन।
आफ्नो सामाजिक संजाल फेसबुकमा पोस्ट गर्दै कोरोना सङ्क्रमण पछि जीवन र मृत्यु सङ्ग लडाइ लडि रहदा सामाजिक संजालले सन्क्रमितको मनोबल घटाउन भुमिका खेलेको भन्दै निम्न कुराहरु शेयर गरेका छन।
– सङ्क्रमित निको भयर घर फर्कियका पोस्ट ले हाइ लाइट पायनन तर मृतक का ठुला ठुला श्रद्धाञ्जली फोटो र मृतक को लास ब्यबस्थापन का फोटो हरु मात्र छरपस्ट भय, जस्ले गर्दा जन्मदिन को शुभकामना तथा कुनै बधाइ का फोटो पनि श्रद्धाञ्जली नै हुन भन्ने लाग्ने।र आफ्नो फोटो कहिले श्रद्धाञ्जली भन्दै आउला भनेर डर लागि रहने !
-अक्सिजन आपुर्ती का लागि भयका पहल हरु समाचार बनेनन, बरु उल्टै अब अक्सिजन छैन, भन्ने बिग्याप्ती हरु छरपस्ट भय, जस्ले यौटा सङ्क्रमित को मानशिकता मा कस्तो अशर पर्ला?
– दुख सुख कुन कुन अस्पताल मा बेड उपलब्ध छन? नया आइसोलेसन हरु कहाँ छन? बिमारी ले कहाँ जाने सुझाव हरु भन्दा बढि जताततै बेड न पायका, छरपस्ट बिमारी ले दुख पायका फोटो मात्र भेटिने !
– अझै हामी हिम्मत राखौँ, यो महामाहारी लाई जित्न सकिन्छ भन्ने सन्देश हरु आउनु को सट्टा अब शबै सकियो, संशार ध्वस्त भयो, नेता हरु ले हामी लाई मारे, मेरो सर्बश्व लैजाउ तर मलाई बचाउ भन्ने चीत्कार पुर्ण पोस्ट हरु ले बढी प्राथमिकता पाय।
-निशुल्क एम्बुलेन्स शेवा हरु पनि सन्चालन मा छन भन्नू साटो एम्बुलेन्स ले ठगेका बिल हरु मात्र पोस्ट भय !
-केही अस्पताल हरु ले नि: शुल्क उपचार गरि रहेको भन्द बढी कोरोना लागे पनि पैशा छैन भने अस्पताल न जानुश, पैशा अभाव मा बिल तिर्न न सकेर मर्नु हुन्छ भनेर बढी प्रचारप्रशार गरियो !
– बिमारी लाई आत्मवल बलियो बनाउन पर्छ भन्यौ तर सङ्क्रमित को आत्मबल बढाउने हामिले सामाजिक सन्जाल मा कत्तिको संबेदनसिल भयौँ? छातिमा हात राखेर भनौं त !
कमि कमजोरी मा खबरदारी गरौ, तर उपाचाररत सङक्रमित को मनोवल गिर्ने गरेर, हतोत्साहित हुने गरेर निराशा का मात्र सुचना सम्प्रेषण गर्ने भन्ने भन्दा पनि साना तिना भय पनि सकारात्मक पक्ष हरु, डाकटर, नर्स ले गरेको उपचार, अक्सिजन कमि हुन न दिन निजि तथा सरकारी क्षेत्र का सकरात्मक पहल कदम हरु, सङ्क्रमित निको हुने हरुको उल्लेख्य सङ्ख्या हरु लाई प्राथमिकता मा राखौँ, जस्ले गर्दा सङ्क्रमित लाई बाँच्ने आशा जगाओश!!
(उपचार अभाव भन्दा बढी उपचार न पाउने डर ले सङ्क्रमित हरु को मनोवल घटिरहेको छ)