Home समाचार प्रधानमन्त्री केपि शर्मा ओलीद्वारा पशुपतिनाथ मन्दिरमा विधिपुर्वक पुजा

प्रधानमन्त्री केपि शर्मा ओलीद्वारा पशुपतिनाथ मन्दिरमा विधिपुर्वक पुजा

प्रधानमन्त्री केपि शर्मा ओली ले आज पशुपतिनाथ मन्दिरमा विधिपुर्वक पुजा गर्नुभएको छ।

सोमबारको दिन एकाबिहानै पत्नी राधिका शाक्य संगै संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री भानुभक्त ढकालसहित मन्दिर पुगेर प्रधानमन्त्री ओलीले पुजा गर्नुभएको हो।

करिब एक घन्टा पशुपति परिसरमा समय बिताउनुभएका प्रधानमन्त्रीले पशुपती क्षेत्र मन्दिरभित्र संकल्पसहित पूजा गर्नु भयो।यसै अवसरमा पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव डा. प्रदीप ढकालले पशुपति क्षेत्रमा भएका, हुँदै गरेका र आगामी विकासका योजनाबारे जानकारी गराएका थिए ।

सदस्यसचिव ढकालका अनुसार पुनर्निर्माण लगायत यहाँका समसामयिक केही विषयहरुमा जानकारी गराउँदा, प्रधानमन्त्रीज्यूबाट स्वाभाविक रुपमा चासो व्यक्त भएको जानकारी गराए।

पशुपति मन्दिरमा पूजा गरेपछि प्रधानमन्त्री ओली आजै दाङ देउखुरी जाने कार्यक्रम छ । राप्ती नदीमा बनेको पुल उदघाटन र जनसभालाई सम्बोधन गर्न प्रधानमन्त्री दाङ जाने र आजै काठमाडौं फर्किने प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए ।

TLN Post
सपूर्ण नेपाली सम्पूर्ण समाचार,म्युजिक भिडियो, फिल्म र अन्य खबरहरु र साथसाथै म्युजिक र फिल्महरु को रिभ्यु | साथै यहाँहरुको म्युजिक भिडियो र फिलिमहरुको प्रोमोसन गर्नु परेमा हामी लाई साम्झनुहोस |

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Must Read