Homeफिल्मनेपाली सर्ट फिल्म ‘मन बार’ हिन्दी सर्ट फिल्म ‘नामर्द’को कपी

नेपाली सर्ट फिल्म ‘मन बार’ हिन्दी सर्ट फिल्म ‘नामर्द’को कपी

नेपाली चलचित्रहरुलाई बेला बेला हिन्दी चलचित्रहरुको कपि गरेको आरोप बेला बेला लागिरहन्छ।हुन पनि नेपाली चलचित्रको कथा हिन्दी चलचित्रको कथासँग मिलेको खबर त नयाँ होइन । तर, लकडाउनको कारण बग्रेल्ती निर्माण भएका छोटा चलचित्रहरुको कथा पनि हिन्दी छोटा चलचित्रसँग हुबहु मिलेको पाइएको छ ।

अप्रिल १४ मा ओएसआर नाम्क युटुबमा रिलिज भएको छोटो चलचित्र ‘मन बार’ एक हिन्दी छोटो चलचित्र ‘नामर्द’सँग हुबहु मिल्छ । मन बारमा नामर्दको  संवाद समेत नेपालीमा रुपान्तरण गरेर चलचित्रमा समावेश गरिएको छ ।

जीवन शाहीको निर्देशनमा तयार भएको ‘मन बार’मा नायिका सुरक्षा पन्त र गायक तथा कलाकार कोशिश क्षेत्रीको मुख्य भूमिका छ ।

रुपेन्द्र खड्गीले यो चलचित्रको कथा, पटकथा तथा संवाद लेखेका हुन् । यो चलचित्रलाई दर्शकले रुचाएका छन् । ८ लाख २० हजार भ्यूज यो चलचित्रले सार्वजनिक भएको ३ सातामै प्राप्त गरिसकेको छ ।

तर, चलचित्रको कथा ‘नामर्द’ नामक छोटो चलचित्रसँग मिलेपछि यसको निर्माण टिम विवादमा परेको छ । ‘नामर्द’मा पूर्णिमा फुसे र अंकुर भिन्चुरकरले अभिनय गरेका छन् ।सन् २०१९ को फ्रेवुअरीमा निर्माण भएको हिन्दी छोटो चलचित्र ‘नामर्द’लाई जयस मेस्ट्रीले लेखेका हुन् । उदय कामतको यो छोटो चलचित्रमा पटकथा, सम्पादन तथा निर्देशन छ।

नेपाली चलचित्रहरुलाई बेला बेला हिन्दी चलचित्रहरुको कपि गरेको आरोप बेला बेला लागिरहन्छ।हुन पनि नेपाली चलचित्रको कथा हिन्दी चलचित्रको कथासँग मिलेको खबर त नयाँ होइन । तर, लकडाउनको कारण बग्रेल्ती निर्माण भएका छोटा चलचित्रहरुको कथा पनि हिन्दी छोटा चलचित्रसँग हुबहु मिलेको पाइएको छ ।

अप्रिल १४ मा युटुबमा रिलिज भएको छोटो चलचित्र ‘मन बार’ एक हिन्दी छोटो चलचित्र ‘नामर्द’सँग हुबहु मिल्छ । यतिसम्मकी, यो चलचित्रको संवाद समेत नेपालीमा रुपान्तरण गरेर चलचित्रमा समावेश गरिएको छ ।

जीवन शाहीको निर्देशनमा तयार भएको ‘मन बार’मा नायिका सुरक्षा पन्त र गायक तथा कलाकार कोशिश क्षेत्रीको मुख्य भूमिका छ ।

रुपेन्द्र खड्गीले यो चलचित्रको कथा, पटकथा तथा संवाद लेखेका हुन् । यो चलचित्रलाई दर्शकले रुचाएका छन् । ८ लाख २० हजार भ्यूज यो चलचित्रले सार्वजनिक भएको ३ सातामै प्राप्त गरिसकेको छ ।

तर, चलचित्रको कथा ‘नामर्द’ नामक छोटो चलचित्रसँग मिलेपछि यसको निर्माण टिम विवादमा परेको छ । ‘नामर्द’मा पूर्णिमा फुसे र अंकुर भिन्चुरकरले अभिनय गरेका छन् ।सन् २०१९ को फ्रेवुअरीमा निर्माण भएको हिन्दी छोटो चलचित्र ‘नामर्द’लाई जयस मेस्ट्रीले लेखेका हुन् । उदय कामतको यो छोटो चलचित्रमा पटकथा, सम्पादन तथा निर्देशन छ।

चलचित्रकी नायिका सुरक्षा पन्तले हालसालै आफुले काम गर्न पुगेको एउटा छोटो सिनेमा हिन्दी छोटो सिनेमाको हुबहु कपी रहेको कुरा थाहा पाएपछी आफुलाई धेरै दुख लागेको कुरा बताएकी छिन उनी लेख्छिन,”पहिले जानकारी भएको भए पक्कै पनि काम गरिदैन्थ्यो होला ।कुनै आइडिया मन परेर काम गरिन्छ अनि यस्तो गलत हर्कतले गर्दा आफ्नो काम प्रति कहिलेकाही मन खुम्चिन पुग्छ।”

उनी लेख्छिन,”ब्यक्तिगत रुपमा, आइडिया हुबहु कपी गर्ने कुराको घोर बिरोधी हु म ।त्यसैले अनविज्ञ भइ यस माहोलको एउटा पात्र हुन पुगेकोमा खेद प्रकट गर्दछु।
तर, फेरी यो नदोहोरिएला भन्न सकिन्न।इन्टर्नेटको सम्पुर्ण कन्टेन्ट हेरिसकेको पनि भइदैन । सायद काम गर्नु अघि कलाकार वा अन्य टिमले कन्टेन्ट कपी हो वा होइन भन्ने प्रश्न राख्न कसरी सक्ला लेखकको सम्मानमा ठेस नपुर्याइ? सोच्नुपर्ने कुरा हो यो । ”

यो संगै उक्त सिनेमाको पार्ट २ बनाउने कुरा उठेको भएता पनि अब उन्ले त्यस्मा काम नगर्ने मनसायमा पुगेको बताउछिन। उनी लेख्छिन,”यो पाठ हो, केवल मैले होइन सम्पुर्ण टीमले मनन गर्न जरुरी छ।”

टिमले राम्रो काम गरेको छ भन्ने कुरा पहिले कलाकारहरुबाट थाहा हुन्छ भने टिमले काम राम्रो नगरेको कुरा पनि कलाकारबाटै थाहा हुने भएकाले कलाकारहरु एकदम इमान्दार रहन जरुरी रहेको अर्को महत्त्वपूर्ण पाठ सिकाएको बताउछिन।

TLN Post
TLN Post
सपूर्ण नेपाली सम्पूर्ण समाचार,म्युजिक भिडियो, फिल्म र अन्य खबरहरु र साथसाथै म्युजिक र फिल्महरु को रिभ्यु | साथै यहाँहरुको म्युजिक भिडियो र फिलिमहरुको प्रोमोसन गर्नु परेमा हामी लाई साम्झनुहोस |

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Must Read