Homeफिल्मसेलिब्रेटीसाक्किगोनीका 'काकु' लाई कोरोना संक्रमण

साक्किगोनीका ‘काकु’ लाई कोरोना संक्रमण

चर्चित हास्य टेलिचलचित्र ‘सक्किगोनी’का कलाकार तथा म्युजिक भिडियो निर्देशक दीपकप्रसाद आचार्य (काकु)लाई कोरोना संक्रमण भएको छ । उनले सामाजिक सञ्जालमार्फत् आफूलाई कोरोना पोजेटिभ देखिएको बताएका हुन् ।

सामाजिक संजाल फेसबुकमा उनी लेख्छन, ‘गत बुधबार सक्किगोनीको सुटिङबाट फर्किएलगत्तै हल्का ज्वरो आउने र जिउ दुख्ने समस्या देखियो । क्रमशः यो समस्या बढ्दै गएपछि कोभिड परीक्षण गर्दा रिजल्ट पोजेटिभ आएको छ । म होम आइसोलेसनमा मेरी श्रीमतीको उच्च रेखदेख र केयरमा छु । मनोबल उच्च छ ! आशा छ म चाँडै कोभिडसँगको लडाइमा विजयी हुनेछु ।

केही दिनयता मसँग प्रत्यक्ष सम्पर्कमा रहनुभएका व्यक्तिहरूलाई कोभिड टेस्ट गराई सुरक्षित रहनुहुन अनुरोध गर्दछु । सोचे जति सामान्य हुँदै होइन यो महामारी । तर सबै मिलेर अवश्य पनि यसलाई जित्नेछौँ । मोबाइलको स्क्रिन पटक्कै हेर्न मन लाग्दैन । स्वास्थ्य अवस्था सामान्य हुनासाथ तपाईँहरूसँग जोडिनेछु । अन्त्यमा भन्नै पर्ने कुरा- सरकारको मात्र भर नपरौँ । तपाईँ/हाम्रो जिन्दगी आफ्नै अधीनमा छ । ‘जीवन बाचुन्जेललाई हो नि, सकिएपछि त सक्किगोनी !’

TLN Post
TLN Post
सपूर्ण नेपाली सम्पूर्ण समाचार,म्युजिक भिडियो, फिल्म र अन्य खबरहरु र साथसाथै म्युजिक र फिल्महरु को रिभ्यु | साथै यहाँहरुको म्युजिक भिडियो र फिलिमहरुको प्रोमोसन गर्नु परेमा हामी लाई साम्झनुहोस |

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Must Read