Home खेलकुद त्रीदेशीय क्रिकेट सिरिजमा नेपालले आज मलेसियासँग खेल्दै

त्रीदेशीय क्रिकेट सिरिजमा नेपालले आज मलेसियासँग खेल्दै

नेपाल क्रिकेट संघ (क्यान)को आयोजनामा भइरहेको त्रीदेशीय ट्वान्टी–२० क्रिकेट सिरिजमा नेपालले आफ्नो दोस्रो खेल आज मलेसियासँग खेल्दैछ ।

त्रिवि क्रिकट मैदानमा नेपाल र मलेसियाबीचको खेल दिउँसो सवा १ बजेदेखि सुरु हुनेछ । अघिल्ला खेल जितेको नेपाल र आइतबार नेदरल्याण्ड्सँग पराजित मलेसियाबीचको खेल रोमान्चक हुने अपेक्षा गर्न सकिन्छ ।

नेदरल्याण्ड्सबिरुद्ध डेब्यूमै सनसनी मच्चाएका ओपनिङ जोडी कुशल भुर्तेल र आसिफ शेखलाई प्रशिक्षक डेभ ह्वाटमोरले आज पनि निरन्तरता दिनेछन् । कप्तान ज्ञानेन्द्रबाहेक अन्य ब्याट्सम्यानको परीक्षण हुन बाँकी छ ।

सम्भवतः प्रशिक्षक ह्वाटमोरले नेदरल्याण्ड्ससँग खेलेको टिमलाई नै निरन्तरता दिनेछन् । यसो हुँदा नेपाली टिमः कुशल भुर्तेल, आसिफ शेख, ज्ञानेन्द्र मल्ल (कप्तान), दीपेन्द्र सिंह ऐरी (उप–कप्तान), आरिफ शेख, विनोद भण्डारी, सोमपाल कामी, सन्दीप लामिछाने, साहव आलम, सुशान भारी र अविनाश बोहोरा ।

नेदरल्याण्ड्ससँग १५ रनले हारेको मलेसियाका लागि विरनदीपले ८७ रनको शानदार इनिङ्स खेलेका थिए । विशेष गरी मलेसियाको मध्यक्रमले सधैं राम्रो प्रदर्शन गर्ने गर्छ ।

पछिल्लोपल्ट डेढ वर्षअघि थाइल्याण्डमा भएको एसीसी इस्टर्न रिजनमा नेपाली टोली मलेसियासँग पराजित भएको थियो । ट्वान्टी–२० अन्तर्राष्ट्रियमा नेपालले ३ पल्ट जितेको छ भने मलेसियाले १ पल्ट जितेको छ ।

TLN Post
सपूर्ण नेपाली सम्पूर्ण समाचार,म्युजिक भिडियो, फिल्म र अन्य खबरहरु र साथसाथै म्युजिक र फिल्महरु को रिभ्यु | साथै यहाँहरुको म्युजिक भिडियो र फिलिमहरुको प्रोमोसन गर्नु परेमा हामी लाई साम्झनुहोस |

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Must Read