Home अन्तर्राष्ट्रिय २१ टन तौल भएको चिनियाँ रकेट नियन्त्रण बाहिर, शनिबारसम्म पृथ्वीमा खस्ने चेतावनी

२१ टन तौल भएको चिनियाँ रकेट नियन्त्रण बाहिर, शनिबारसम्म पृथ्वीमा खस्ने चेतावनी

चिनियाँ रकेट नियन्त्रण बाहिर गएको छ । २१ टन तौल रहेको उक्त रकेट आउँदो शनिबार पृथ्वीमा क्र्याश हुनसक्ने आँकलन गरिएको छ ।

अमेरिकी सरकारले मानव वस्तीबाहिर रकेट खस्ने सम्भावना रहेको भन्दै चेतावनी समेत दिएको डेलिमेलमा उल्लेख छ ।

स्पेस ट्र्याकमा दैनिक रुपमा त्यसको लोकेसन अपडेट गरिने भन्दै उनले यस सम्बन्धि थप जानकारी उपलब्ध भएसँगै प्रदान गरिने जनाएका छन् । अन्य स्याटेलाइट ट्र्याकरहरुले समेत १०० फिट लामो, १६ फिट चौडा आकारको ‘२०२१(०३५ बी’ नामक यो रकेट प्रति सेकेन्ड चार माइलको गतिमा यात्रा गरिरहेको पत्ता लागाएका छन् ।

२९ अप्रिल बिहीबारका दिन चीनले हिनानमा रहेको वेनचाङ स्पेस लञ्च सेन्टरबाट तियान्हे प्रक्षेपण गरेको थियो । लङ्ग मार्च ५ बी चीनको सबैभन्दा ठूलो रकेट क्यारियर हो ।

अन्तरिक्षका कृतिम टुक्राटाक्री ट्र्याक गर्नेहरुले केही दिनदेखि रकेट क्रमशः पूर्वानूमान गर्न नसकिने गरी पृथ्वीतिर फर्किरहेको अवस्था नियालीरहेका छन् । रकेट पुनः पृथ्वीमै फर्केपछि यो नै अहिलेसम्मकै सबैभन्दा ठूलो अनियन्त्रित फर्किने यान हुनेछ ।

TLN Post
सपूर्ण नेपाली सम्पूर्ण समाचार,म्युजिक भिडियो, फिल्म र अन्य खबरहरु र साथसाथै म्युजिक र फिल्महरु को रिभ्यु | साथै यहाँहरुको म्युजिक भिडियो र फिलिमहरुको प्रोमोसन गर्नु परेमा हामी लाई साम्झनुहोस |

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Must Read