Homeफिल्मसेलिब्रेटी२ बर्ष भित्र बिहे गर्ने साेचमा सिवाकोटी

२ बर्ष भित्र बिहे गर्ने साेचमा सिवाकोटी

करिब १ बर्षदेखि नायिका वर्षा सिवाकोटी सविन जंग थापाको प्रेममा छिन् । अमेरिकामा रहँदै आएका सविन र वर्षाको चिनजान आफन्तहरुको माध्यमबाट भएको हो । यसपछि, उनीहरुविच कुराकानी हुदै गयो ।

कसले पहिले प्रेम प्रस्ताव राख्यो त, वर्षा भन्छिन्–‘हामीले प्रेम प्रस्ताव नै राखेका छैनौ । कुराकानीका क्रममा एक अर्कासँग नजिक भयौं । मायाको अनुभुती हुन थाल्यो ।

अमेरिकामा एक महिना बिताउँदा सविन र वर्षाले एक अर्काको आफन्तलाई समेत परिचित गराएका थिए । के बिहेको तयारी पनि गर्नुभएको हो भन्ने अनलाइनखबरको प्रश्नमा वर्षा भन्छिन्–‘तत्काल त हाम्रो बिहे गर्ने सोच छैन । तर, २ बर्ष भित्र हामी बिहे गर्छौ ।’

बिहे गरेपछि के गर्नुहुन्छ त भन्ने प्रश्नमा उनले भनिन्–‘म बिहे गरेपनि चलचित्र क्षेत्र छाड्दिनँ ।’सविन वर्षाको कलाकारिता यात्राबाट खुशी छन् । सविनले आफूलाई काम गर्न सधै प्रेरणा दिने वर्षाको भनाई छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Must Read