Home समाचार नौ महिनादेखि बन्द मनकामना केबुलकार मंसिर २८ देखि सञ्चालनमा आउने

नौ महिनादेखि बन्द मनकामना केबुलकार मंसिर २८ देखि सञ्चालनमा आउने

कोरोनाको महामारीसँगै नौ महिनादेखि बन्द रहेको नेपालको पहिलो केबुलकार मनकामना केबुलकार आउँदो मंसिर २८ गते आइतबार देखि पुनः सञ्चालनमा आउने भएको छ ।
मनकामना मन्दिर क्षेत्र विकास समितिको अगुवाइमा बसेको स्थानीय तह सहितको सरोकारवालाको बैठकले आगामी आइतबारबाट मन्दिर र केवलकार खोल्ने निर्णय गरेको हो ।

स्वास्थ्य सुरक्षा मापदण्ड पूर्णरुपमा पालना गरेर मात्रै मन्दिरमा पूजा गर्न पाइने र केवलकार चढ्न पाइने व्यवस्था गरिएको समितिले जनाएको  छ।

केबुलकार चढ्नुअघि प्रत्येक यात्रुको ज्वरो मापन गरिने छ । सय फरेनहाइट भन्दा माथि ज्वरो भएका र रुघाखोकीको लक्षण देखिएका यात्रुहरुलाई प्रवेश नदिइने कम्पनीले जनाएको छ ।

केबुलकार प्रवेश गर्दा अनिवार्य रुपमा माक्स लगाउनु पर्ने, हात सेनिटाईज गर्नु पर्ने नियम बनाइएको छ ।

यात्रुले लाइनमा बस्दा अनिवार्य रुपमा भौतिक दूरी कायम गर्न लगाइएको चिन्ह अंकित घेरामा लामबद्ध भई बस्नु पर्नेछ । केबुलकार हाता भित्र प्रवेश गर्दा स्वचालित हेण्ड सेनिटाइजर वा साबुन पानीले हात धुनु पर्नेछ ।

स्टेशन हाता भित्र भिडभाड नगर्ने तथा पिकनिक र बनभोजलाई अस्थाई रुपमा बन्द गरिएको समितिले जनाएको छ  ।

यस्तै बली दिने प्रयोजनको लागि पशुपन्छी ढुवानी गर्ने सेवा अस्थाई रुपमा बन्द गरिएको छ । केबुलकार बिहान ९ बजे देखि सांझ ५ बजेसम्म मात्र सञ्चालनमा आउने छ ।

त्यसैगरी, केबुलकारले तल्लो स्टेशनमा सञ्चालन गरेको रेष्टुरेष्ट पनि आगामी पुस ३ गते शुक्रबारदेखि सञ्चालनमा आउने पनि जनाएको छ ।

TLN Post
सपूर्ण नेपाली सम्पूर्ण समाचार,म्युजिक भिडियो, फिल्म र अन्य खबरहरु र साथसाथै म्युजिक र फिल्महरु को रिभ्यु | साथै यहाँहरुको म्युजिक भिडियो र फिलिमहरुको प्रोमोसन गर्नु परेमा हामी लाई साम्झनुहोस |

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Must Read