काठमाडौं महानगरपालिकामा मेयरमा स्वतन्त्र उम्मेदवार बालेन्द्र साह ‘बालेन’ को अग्रता कायमै रहेको छ ।
काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवारी दिएका बालेन शाहले आफ्ना प्रतिस्पर्धीहरूसँग मतान्तर बढाउँदै गएका छन्। आइतबार बिहानसम्म उनले १८९० मत पाइसकेका छन्।
यस्तै नेकपा एमालेका उम्मेदवार केशव स्थापितले १०९७ मत पाएका छन्। उनीहरूबीच झन्डै आठ सयको मतान्तर छ। यस्तै तेस्रो स्थानमा नेपाली कांग्रेसकी उम्मेदवार सिर्जना सिंह छिन्। उनले ९४९ मत पाएकी छन्।
यसैगरी काठमाडौं महानगरपालिका उपप्रमुखमा सुनिता डंगोलले आफ्नो अग्रता फराकिलो बनाउदै लगेकी छन् । नेकपा एमालेबाट उपप्रमुख पदकी उमेदवार डंगोलले अहिलेसम्म १७४१ मत प्राप्त गरेकी छिन् ।
डंगोल यस्तै उनका प्रतिष्पर्धी गठबन्धनका उमेदवार एकीकृत समाजवादीका रामेश्वर श्रेष्ठ भन्दा १२२५ मतले अगाडी रहेकी छन् । श्रेष्ठले ५१६ मत पाएका छन् ।
मतगणना जारी छ । हाल काठमाडौँ वार्ड नम्बर १,२,३,४ र ३२ को मतगणना भैरहेको छ।