Homeजानकारीविश्वमा १० अलग अलग नामले चिनिन्छ होली पर्व

विश्वमा १० अलग अलग नामले चिनिन्छ होली पर्व

होली पर्व रंगहरुको पर्व हो । हिन्दू धर्म अनुसार यो पर्व फागुन शुक्ल पूर्णिमाका दिन मनाइन्छ । यो पर्वले खराबीमाथि राम्रोको विजयको प्रतीक हुनुका साथै होली पर्वले भगवानप्रतिको हाम्रो आस्थालाई पनि बढाउँ।

विश्वका १० स्थानमा हरेक वर्ष ठूलो उत्साहका साथ होली मनाइन्छ । तपाईंलाई लाग्न सक्छ यो रंगहरूको उत्सव केवल हिन्दुहरुले मात्र बनाउँछन् । यो होइन विश्वभरी यही नामले नमनाए पनि विभिन्न नामले होलीलाई विश्वका १० स्थानमा बनाइने गरेको छ । विश्वभरी करिब १० वटा यस्तै मिल्दो जुल्दो पर्व मनाइन्छ ।

अमेरिकाको टेक्सासमा यो रंगहरुको पर्व कलरजामका नामले मनाइन्छ । अमेरिकाकै फ्लोरिडामा राज्यमा पनि एक पटक कलर पार्टी मनाइएको थियो । उक्त पार्टीका दिन देखि उक्त स्थानमा कलर पार्टीका नामले यो पर्व मनाइन्छ ।

त्यस्तै, पोल्याण्डमा अर्सीना नामले यो पर्व मनाइन्छ । यसमा पनि एक अर्कामा रंगलाएर मनाइन्छ । श्रीलंकामा नेपालकै जस्तो होली धुमधामका साथ मनाइन्छ । अफ्रिकामा ओमेना बोगा नामले यो पर्व मनाइन्छ । यो दिन रंगहरुले मानिसहरु रंगीएका हुन्छन भने जंगली देवतालाई जगाउने काम गरिन्छ ।

चेकोस्लोभाकियामा बलिया कनौसेको नामले होली पर्व मनाइने गरिन्छ । स्पेनमा यो वर्षलाई होली गार्डेन फेस्टिबलका नामले मनाइन्छ । त्यस्तै स्पेनमा नै ला टोमैटीनो फेस्टिभल पनि एक अर्कामा टमाटर हानेर मनाइने पर्व हो । साउथ अफ्रिकाको केपटाउन होली वनका नामले यो वर्ष धुमधामका साथ मनाइन्छ ।

TLN Post
TLN Post
सपूर्ण नेपाली सम्पूर्ण समाचार,म्युजिक भिडियो, फिल्म र अन्य खबरहरु र साथसाथै म्युजिक र फिल्महरु को रिभ्यु | साथै यहाँहरुको म्युजिक भिडियो र फिलिमहरुको प्रोमोसन गर्नु परेमा हामी लाई साम्झनुहोस |

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Must Read