Homeसमाचारअब नेकपा कसको, ओली समूह कि प्रचण्ड-नेपाल ?

अब नेकपा कसको, ओली समूह कि प्रचण्ड-नेपाल ?

२०७५ मा जेठ ३ मा तत्कालीन पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको नेकपा माओवादी र केपी शर्मा ओली नेतृत्वको नेकपा एमालेबीच एकता भयो । त्यो एकतालाई त्यति बेला नै अस्वाभाविक मानिएको थियो । तर, त्यति बेला दुई दलले दुई अध्यक्षको व्यवस्था गरेर एकता गरे ।

एकताको समयमा नेकपाका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले भन्ने गरेका थिए- ‘नेकपा एउटा विमान हो, हामी दुई अध्यक्ष एउटै विमानका दुई चालक हौं ।’ उनको यो अभिव्यक्तिकै कारण पनि त्यति बेला नेकपा दुई जनाले उडाउने हुँदा दुर्घटनामा पर्ने अनुमान गरिएको थियो । अन्ततः त्यति बेला गरिएको त्यो अनुमान अब सत्य प्रमाणित भएको छ र नेकपाको दुर्घटना निश्चितप्राय छ।

देह्सको पछिल्लो राजनीतिक्रममा मंगलबारको घटनाक्रमपछि अब नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दुई भागमा बाडिएको हो तर, दुवै समूहले पार्टी विभाजनको औपचारिक घोषणा भने गर्न सकेका छैनन् । ओली र प्रचण्ड-नेपाल समूहले छुट्टाछुटै ठाउँमा केन्द्रीय कमिटी बैठक बोलाए र, दुवै समूहले आ–आफ्नो सहजताका अनुसार निर्णय पनि गरिसकेका छन् । एउटै दलका नेताहरु दुई समूहमा बाँडिएपछि यो निश्चित छ कि अब एउटा नयाँ दल नेपाली कम्युनिस्ट इतिहासमा जन्मिनेछ ।

कुन समूह वैधानिक ?
पार्टी विभाजनको स्पष्ट सन्देश दिइसकेका नेकपामा अब कुन समूह वैधानिक हो भन्ने प्रश्न उठेको छ । दुवै समूहले आफू आधिकारिक भएको दाबी गरेसँगै अब नेकपाको आधिकारिकताको विषय निर्वाचन आयोगमा जाने निश्चित भएको हो ।

मंगलबारको बैठकमा ओली समूहले केन्द्रीय कमिटीलाई विस्तार गरेर ११ सय ९९ सदस्यीय बनाएको । मंगलबार बालुवाटारमा जारी आफूनिकट केन्द्रीय कमिटीको बैठकमा अहिले कायम रहेको ४४७ सदस्यीय केन्द्रीय कमिटीमा अहिलेलाई ५५६ जना थपेर महाधिवेशन आयोजक कमिटी घोषणा गरेको नेकपाका प्रचार विभाग उपप्रमुख सूर्य थापाले जानकारी दिएका छन् । रिक्त रहेका १९६ जना पछि थपिने उनले बताए । त्यस्तै बैठकले प्रवक्तामा नारायणकाजि श्रेष्ठलाई हटाएर प्रदीप ज्ञवालीलाई नियुक्त गरेको छ । त्यस्तै २०७८ मङ्सिर २ देखि ७ सम्म पार्टीको महाधिवेशन तोकेको छ । यस अघि गत माघमा नेकपाको महाधिवेशन २०७७ चैत्रमा गर्ने निर्णय भएको थियो ।

त्यस्तै प्रचण्ड–नेपाल समूहले ओलीलाई अध्यक्षबाट हटाएको छ भने माधवकुमार नेपाललाई नयाँ अध्यक्ष बनाएको छ । त्यसैगरि पूर्व सभामुख कृष्णबहादुर महरालाई स्थायी कमिटीमा मनोनयन गर्ने प्रस्ताव पनि पारित भएको छ । कानुनी रुपमा आयोगले कुनै एकलाई वैधानिकता नदिएसम्म अब ओली समूह र प्रचण्ड-नेपाल समूह नेकपा सक्रिय हुने देखिन्छ । यसको ठोस जवाफका लागि अब कम्तिमा पनि दुई साता कुर्नुको विकल्प छैन ।

यस्तो छ कानुनी व्यवस्था :-
राजनीतिक दल सम्बन्धि ऐनमा राजनीतिक दल मान्यता सम्बन्धि विवाद भएमा ऐनको दफा ४३, ४४ र ४५ मा व्य्वास्था गरिएको छ ।

TLN Post
TLN Post
सपूर्ण नेपाली सम्पूर्ण समाचार,म्युजिक भिडियो, फिल्म र अन्य खबरहरु र साथसाथै म्युजिक र फिल्महरु को रिभ्यु | साथै यहाँहरुको म्युजिक भिडियो र फिलिमहरुको प्रोमोसन गर्नु परेमा हामी लाई साम्झनुहोस |

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Must Read