Home अर्थ सिइडिबी हाइड्रोपावरको आइपिओ आज बाँडफाँड भयो , यसरी हेर्नुहोस नतिजा

सिइडिबी हाइड्रोपावरको आइपिओ आज बाँडफाँड भयो , यसरी हेर्नुहोस नतिजा

सीईडीबी हाइड्रोपावरको आईपीओ आज बाँडफाँट भएको छ । कम्पनीको बिक्री प्रवन्धक सनराइज क्यापिटलले शुक्रबार भर्चुअल माध्यमबाट आईपीओ बाँडफाँट गरेको बताएको छ ।

कम्पनीले वैशाख १७ गतेदेखि २१ गतेसम्म सर्वसाधारणलाई २३ लाख ४१ हजार ९ सय ५४ कित्ता सेयर जारी गरेको थियो ।

१६ लाख ८५ हजार ६२७ जना योग्य अवेदकमध्ये २ लाख ३४ हजार १९५ जनालाई १० कित्ताका दरले आईपीओ परेको सनराइज क्यापिटलले जनाएको छ । यसैगरी, बाँडफाँट भएको कित्ताबाट रहन आएको ४ सय कित्तालाई कम्पनीले १० कित्ताभन्दा माथि भर्ने आवेदकलाई थप १/१ कित्ताका दरले दिइएको छ । ४ हजार ४४२ जना आवेदन भने अयोग्य ठहरिएको थियो ।

कम्पनीले सर्वसाधारणको लागि २५ करोड १८ लाख २३ हजार रुपैयाँ बराबरको २५ लाख १८ हजार २ सय ३० कित्ता आइपीओ निष्काशन गरेको हो ।जसमध्ये ५० हजार ३ सय ६५ कित्ता कम्पनीको कर्मचारीको लागि र १ लाख २५ हजार ९ सय ११ कित्ता सामूहिक लगानी कोषहरुको लागि छुट्याइएको थियो । बाँकी रहेको २३ लाख ४१ हजार ९ सय ५४ कित्ताको सर्वसाधारणले आवेदन दिन दिएका हुन् ।

कम्पनीले कसुवा खोला हाइड्रो, युनिभर्सल पावर कम्पनी , मोरङ्ग इनर्जी लिमिटेड, राप्ती हाइड्रो एण्ड जनरल कन्सट्रकसन, गण्डकी इनर्जी लिमिटेड, राधि विद्युत् कम्पनी, दोर्दी खोला जलविद्युत् कम्पनी, र खारे इन्भेष्टमेन्ट लिमिटेडमा शेयर लगानी गरेको छ ।

आईपीओको नतिजा सनराइज क्यापिटलको वेबसाइट र मेरो सेयरबाट हेर्न सकिने बताइएको छ। बिक्री प्रबन्धक सनराइज क्यापिटलको अनुसार दिउँसो ३ देखि ४ बजेपछि मात्र मेरो सेयर, सनराइज क्यापिटल र सिईडिबि हाइड्रोपावरको वेबसाइट बाटहेर्न सकिने जनाएको छ ।  मेरो सेयरमा आईपीओको रिजल्ट अपलोट गर्न समय लाग्ने भएकोले लगानीकर्ताले कुर्नु पर्ने भएको हो ।  आईपिओको नतिजा www.iporesult.c cdse.com.np मा गएर वा बिक्रि प्रबन्धक सनराईज क्यापिटल र सिईडिबि हाइड्रोपावरको वेबसाइट बाट पनि हेर्न सकिने छ । नतिजा हेर्न तलको लिन्कमा जानुहोला।

१) https://iporesult.cdsc.com.np/

TLN Post
सपूर्ण नेपाली सम्पूर्ण समाचार,म्युजिक भिडियो, फिल्म र अन्य खबरहरु र साथसाथै म्युजिक र फिल्महरु को रिभ्यु | साथै यहाँहरुको म्युजिक भिडियो र फिलिमहरुको प्रोमोसन गर्नु परेमा हामी लाई साम्झनुहोस |

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Must Read