Homeसमाचार​नागढुंगा–नौबिसे सुरुङमार्ग निर्माणको काम सुरु

​नागढुंगा–नौबिसे सुरुङमार्ग निर्माणको काम सुरु

 पुस, काठमाडौं । गढुंगा–नौबिसे सुरुङमार्ग निर्माणको काम सुरु भएको छ । आयोजनाले मंगलबारदेखि काठमाडौंतर्फबाट सुरुङ खन्न सुरु गरेको आयोजनाका प्रमुख नरेशमान शाक्यले जानकारी दिए ।

२.६६८ किलोमिटर लामो उक्त सुरुङमार्ग निर्माणका लागि जापानी कम्पनीले निर्माणको जिम्मा पाएको छ । २२ अर्ब लागत अनुमान गरिएको यो आयोजना जापान सरकारको सहुलियतपूर्ण ऋण तथा सरकारको लगानी समेतमा बन्न लागेको हो । आयोजनाको शिलान्यास अघिल्लो वर्षको कात्तिकमै गरिए पनि प्राविधिक नआउँदा सुरुङ खन्ने काममा ढिलाई भएको थियो । पछि सुरुङमार्गस्थलको जग्गामा भएको विवादले यसमा थप ढिलाई भएको हो ।

यो आयोजना ४२ महिनामा सक्ने लक्ष्य राखिएको छ । सुरुङमार्ग बनेपछि काठमाडौं र नौबिसेको दूरी ८ किलोमिटर छोटिनेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Must Read