Homeसमाचारसंसद विघटनको विपक्षमा उभिए माधव नेपाल पक्षका यी २३ सांसद

संसद विघटनको विपक्षमा उभिए माधव नेपाल पक्षका यी २३ सांसद

संसद विघटनविरुद्ध सर्वोच्च अदालतमा रिट दायर गर्न नेकपा एमाले माधवकुमार नेपाल समूहका २३ जना सांसदले हस्ताक्षर गरेका छन् ।

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्रीका लागि समर्थन गरेका २६ सांसदमध्ये संसद विघटनविरुद्ध रिट दिन २३ जनाले हस्ताक्षर गरेका हुन् ।

हस्ताक्षर गर्ने सांसदहरुमा झलनाथ खनाल, माधवकुमार नेपाल, भीम रावल, घनश्याम भुसाल, सुरेन्द्र पाण्डे, मुकुन्द न्यौपाने, रामकुमारी झाँक्री, विरोध खतिवडा, जीवनराम श्रेष्ठ, सोमप्रसाद पाण्डे, कृष्णलाल महर्जन र झपट रावल रहेका छन् ।

त्यस्तै निरादेवी जैरू, सरला यादव, कल्याणी खड्का, लक्ष्मी चौधरी, कलिला खातुन, पुष्पाकुमारी कर्ण कायस्थ, भवानीप्रसाद खापुङ, यज्ञ सुनुवार, दीपकप्रकाश भट्ट, नारायण खतिवडा र मेटमणि चौधरीले पनि सर्वोच्चमा रिट दायर गर्न हस्ताक्षर गरेका छन् ।

देउवाले १४९ सांसदको हस्ताक्षरसहित प्रधानमन्त्री नियुक्तिका लागि राष्ट्रपतिसमक्ष दावी गरे पनि राष्ट्रपतिले नियुक्त नगर्नु असंवैधानिक भन्दै विपक्षी गठबन्धनका सांसदहरुले सोमबार सर्वोच्च अदालतमा रिट दायर गर्ने तयारी गरेका छन् ।

TLN Post
TLN Post
सपूर्ण नेपाली सम्पूर्ण समाचार,म्युजिक भिडियो, फिल्म र अन्य खबरहरु र साथसाथै म्युजिक र फिल्महरु को रिभ्यु | साथै यहाँहरुको म्युजिक भिडियो र फिलिमहरुको प्रोमोसन गर्नु परेमा हामी लाई साम्झनुहोस |

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Must Read