Home समाचार फेसबुकमा ‘जब भ्याकेन्सी’पेज बनाएर ४३ जनालाई ठगेको आरोपमा एकजना पक्राउ

फेसबुकमा ‘जब भ्याकेन्सी’पेज बनाएर ४३ जनालाई ठगेको आरोपमा एकजना पक्राउ

सामाजिक सञ्जाल फेसबुकमा ‘जब भ्याकेन्सी’ पेज बनाएर बेरोजगार युवाहरुलाई जागिर लगाईदिने भन्दै ठगी गरेको आरोपमा एकजना युवक पक्राउ परेका छन् ।

दोलखाको जिरी नगरपालिका-८ घर भई हाल काठमाडौंको काँडाघारी बस्ने २३ वर्षीय शिव खड्का पक्राउ परेका हुन्।

फेसबुक पेजमा आकर्षक तलब, सुविधा दिने झुठो विवरण राखेर ई-सेवा मार्फत १५ सयदेखि ३५ सयसम्म डिपोजिट गर्न लगाएर ४३ जना बेरोजगार युवाहरुलाई ठगी गरेको आरोपमा खड्कालाई नियन्त्रणमा लिएको प्रहरी उपरीक्षक ईश्वर कार्कीले जानकारी दिए ।

पक्राउ परेका खड्कालाई आवश्यक कारबाहीको लागि महानगरीय प्रहरी परिसर ललितपुर पठाइएको कार्कीले बताए ।
साथै यस्ता खालका प्रलोभनबाट बच्नको महानगरीय अपराध महाशाखाले अनुरोध गरेको छ।

TLN Post
सपूर्ण नेपाली सम्पूर्ण समाचार,म्युजिक भिडियो, फिल्म र अन्य खबरहरु र साथसाथै म्युजिक र फिल्महरु को रिभ्यु | साथै यहाँहरुको म्युजिक भिडियो र फिलिमहरुको प्रोमोसन गर्नु परेमा हामी लाई साम्झनुहोस |

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Must Read