Homeजीवनशैलीअरुको दु:ख देख्नै नसक्ने हुन्छन् यी राशिका व्यक्ति, हुन्छन् छिट्टै भावुक

अरुको दु:ख देख्नै नसक्ने हुन्छन् यी राशिका व्यक्ति, हुन्छन् छिट्टै भावुक

सायद संसारमा यस्ता व्यक्तिहरु पनि छन् होला जो अरुको नियन्त्रणमा आफ्नो जीवन बिताउन चाहान्छन्। तर प्रायः हर कोहीलाई थाहा छ कि परिस्थिति अनुसार आफुलाई कहिले नियन्त्रणमा राख्नु हुँदैन। बरु उल्टै परिस्थितिलाई आफ्नो नियन्त्रणमा राख्नु पर्दछ। तर हाम्रो इच्छा अनुसार जीवन चल्छ भन्ने आवश्यक हुँदैन। व्यावहारिक जीवनमा सधै आफुले सोचे जस्तो हुँदैन।

जब चीजहरु हाम्रो अनुसार चल्दैन अथवा हामीले सोचेको जस्तो हुँदैन, आफुले राम्रो काम गर्दा गर्दै पनि आफुलाई नै नराम्रो हुन जान्छ जस्तै, काम इमान्दारीका साथ गर्दा पनि कामबाट निकाल्ने, ब्रेकअप हुने (जुन आजको पुस्ताको सबैभन्दा ठूलो समस्या हो), वा कुनै अन्य समस्याहरु आउदा जो कोही पनि विचलित हुनु स्वभाविक कुरा हो। केही यस्ता व्यक्तिहरु पनि छन् जसले लगनशीलताका साथ सबै समस्याहरुको सामना गर्छन् भने कतिपय त्यस्ता मानिसहरु पनि हुन्छन् जसले समस्याको अगाडि आफ्नो घुँडा टेक्छन्।

तर केहि यस्ता व्यक्तिहरु पनि छन्, जो आन्तरिक रूपमा जति विचलित भए पनि संसारलाई यस्तो देखाउछन् कि केही पनि भएको छैन ‘ जस्तो कि सबै ठीक-ठाक छ। अब यी व्यक्तिहरु को हुन् भनेर चिन्न कडा परिश्रमको आवश्यकता पर्दैन। किनकी राशि अनुसार थाहा हुन्छ कि को हुन् ती व्यक्ति जसले आफैमा धेरै दु:ख लुकाए पनि, अझै पनि संसारको सामु हाँसिरहेका छन्। आउनुहोस् राशि अनुसार ति साहसी व्यक्तिहरुका बारेमा चर्चा गरौँ। यी साहसी नै हुन् किनकि दु:ख लुकाउन त्यति सजिलो हुँदैन।

कर्कट राशिः ती व्यक्ति जसले आफ्नो पीडा लुकाउँछन्, यस सूचीमा पहिलो नाम कर्कट राशि भएका व्यक्तिहरु परेका छन्। यदि तपाईले कहिले कर्कट राशि भएका व्यक्ति भेट्नु भयो भने, तपाई राम्ररी बुझ्न सक्नुहुन्छ कि उनीहरु धेरै भावनात्मक र संवेदनशील हुन्छन्। साथी वा प्रेमी छनोट गर्ने बेला, उनीहरु निकै समय लगाउछन्। कर्कट राशि भएका व्यक्तिहरु आफूले माया गर्ने व्यक्तिलाई दुखी देख्न सक्दैनन्। न त उनीहरु आफ्नो दु:ख अरुलाई भन्न रुचाउछन्। उनीहरु विश्‍वास गर्छन् की संसारको अगाडि आफ्नो दु:ख पोखेर केहि फाइदा हुँदैन। त्यसैले जति नै दु:ख पिडा भए पनि उनीहरु सहजै मुस्कुराउँछन्। तपाई अनुमान पनि गर्न सक्नुहुन्न की उनीहरुको मनमा के चलिरहेको छ।

कन्या राशिः कन्या राशिका व्यक्तिहरु आफूलाई निकै सचेत बनाउँदछन्। उनीहरु आफ्नो कुरा सधै गोप्य नै राख्न रुचाउछन्। उनीहरु आनन्दित वा दुखी, उदास वा आफ्नो जीवनबाट सन्तुष्ट छन् भन्ने कुरा उनीहरुलाई देखेर वा भेटेर अनुमान गर्न सकिदैन।कन्या राशिका व्यक्तिहरु सँधै आफैमा अभाव भएको महसुस गरि रहन्छन् । उनीहरुको जतिनै तारिफ गरे पनि अथवा उनीहरु सहि नै हो भने पनि, उनीहरुलाई भित्री मनबाट स्वयं त्यस्तो नलागेसम्म वा सन्तुष्ट नभएसम्म उनिहरु अरुको कुरामा विश्वास गर्दैनन्।

वृश्चिक राशिः वृश्चिक राशिका व्यक्तिहरू धेरै सामाजिक हुन्छन। तर उनीहरूको विश्वास जित्न निकै गाह्रो हुन्छ। न त उनीहरु आफ्नो खुशी अरुको अगाडी राख्छन्, न त आफ्नो दुःख कसैलाई सुनाउछन्। वृश्चिक राशिका व्यक्तिहरु आन्तरिक रुपमा निकै फरक हुन्छन्। आफूभित्र जत्तिनै उदासिनताले घेरेको भए पनि उनीहरू कसैलाई पनि आफ्नो अवस्थाको बारेमा थाहा हुन दिँदैनन्। उनीहरू आफैसँग सन्तुष्ट हुन्छन् र सोच्छन् कि उनीहरूको समस्या उनीहरु आफैले बाहेक अरुले समाधान गर्न सक्दैनन्। तसर्थ, आफ्नो समस्याहरु संसारको अगाडी राख्न उपयोग ठान्दैनन् र आफ्नो समस्या आफै समाधान गर्ने प्रयास गर्छन्।

कुम्भ राशिः कुम्भ राशिका व्यक्तिहरुले जुनसुकै परिस्थितिहरुलाई गम्भीरताका साथ लिन्छन्। उनीहरुलाई यो राम्रोसँग थाहा हुन्छ कि उनीहरूको समस्यालाई अरुको आकर्षणको केन्द्र बनाएर कुनै फाइदा छैन। त्यसैले उनीहरु यस्तो कुराबाट टाढै बस्छन् र आफ्नो मन भित्र भएको कुरा अरु व्यक्तिले थाहा पाउलान् कि भनेर सचेत रहन्छन्। उनीहरुले आफ्ना भावनाहरु कहिल्यै देखाउँदैनन्। जबसम्म उनीहरु आफैले भन्दैनन् की उनीहरु खुशी छन् वा दुखी तबसम्म कुनै पनि कुराको अनुमान गर्न निकै कठिन हुन्छ।

TLN Post
TLN Post
सपूर्ण नेपाली सम्पूर्ण समाचार,म्युजिक भिडियो, फिल्म र अन्य खबरहरु र साथसाथै म्युजिक र फिल्महरु को रिभ्यु | साथै यहाँहरुको म्युजिक भिडियो र फिलिमहरुको प्रोमोसन गर्नु परेमा हामी लाई साम्झनुहोस |

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Must Read