Home समाचार बागमती प्रदेश सरकारमा पाँच मन्त्री र एक राज्यमन्त्री थपिए,

बागमती प्रदेश सरकारमा पाँच मन्त्री र एक राज्यमन्त्री थपिए,

वागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले पाँचजना मन्त्रीसहित एक राज्यमन्त्री नियुक्त गरेका छन् । सरकारको नेतृत्व गरिरहेको एकीकृत समाजवादीबाट दुई मन्त्री, एक राज्यमन्त्री र माओवादी केन्द्रबाट तीनजना मन्त्री थप गरिएको हो ।

खानेपानी ऊर्जा तथा सिंचाइ मन्त्रीमा एकीकृत समाजवादीका वसन्तप्रसाद मानन्धर, श्रम रोजगार तथा यातायातमन्त्रीमा माओवादी केन्द्रका घनश्याम दाहाल, कृषि तथा पशुपंक्षी मन्त्रीमा समाजवादीकै बसुन्धरा हुमागाईं, वन तथा वातावरणमन्त्रीमा माओवादी केन्द्रका विशाल खड्का, युवा तथा खेलकुद मन्त्रीमा माओवादी केन्द्रकै रत्नप्रसाद ढकाल छन् । यस्तै, कृषि तथा पशुपंक्षी राज्यमन्त्रीमा एकीकृत समाजवादीका इन्द्रमाया गुरुङ नियुक्त भएकी छन् ।

योसँगै वागमतीमा मुख्यमन्त्रीसहित ११ मन्त्री र एक राज्यमन्त्रीको सरकार बनेको छ । नवनियुक्त मन्त्री तथा राज्यमन्त्रीको आज साँझ ५ बजे सपथ ग्रहण गराउने तयारी गरिएको छ ।

TLN Post
सपूर्ण नेपाली सम्पूर्ण समाचार,म्युजिक भिडियो, फिल्म र अन्य खबरहरु र साथसाथै म्युजिक र फिल्महरु को रिभ्यु | साथै यहाँहरुको म्युजिक भिडियो र फिलिमहरुको प्रोमोसन गर्नु परेमा हामी लाई साम्झनुहोस |

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Must Read