Homeजीवनशैलीईच्छा पुरा गर्न सोमबार गर्नुहोस् यी १० काम !

ईच्छा पुरा गर्न सोमबार गर्नुहोस् यी १० काम !

सोमबारलाई शिवजीको बार मानिन्छ । कुनैपनि कार्य गर्नको लागि सोमबार शुभ मानिन्छ । ज्योतिषको अनुसार, सोमबार भगवान शिव शंकरको लागि सबैभन्दा महत्वपुर्ण दिन हो । सोमबारको शास्त्रहरुमा निकैं महत्वपुर्ण भुमिका रहेको कुरा विश्लेषण गरिएको छ । सोमबार जमिएका मानिस निकै राम्रो व्यवहार भएको, कुशल र मायालु व्यवहारका हुने गर्दछन् । सोमबार घर बनाउने, विवाह गर्ने, नामकरण या विद्यासँग सम्बन्धित कुनै कार्य गरियो भने शुभ हुने विश्वास छ । कष्ट हटाउन यसो गर्नुहोस्

१. शिवलाई जल या दूधको अभिषेक गर्नु राम्रो मानिएको छ ।

२. मानसिक, शारीरिक या आर्थिक कष्ट छ भने कुलदेवताको पूजा गर्नुहोस् ।

३. चामल, दूध, चाँदी दान गर्नुहोस् ।

४. चन्द्रमाले कष्ट दिएमा चाँदीलाई नदीमा बगाउनाले सबै कष्ट या समस्याहरु बगेर जानेछ ।

५. खीर खानु पनि शुभ हुन्छ ।

६. जसको चन्द्रमा कमि छ त्यस व्यक्ति सेतो कपडा र चन्दनको सेतो टीका लगाउनुहोस् ।

७. चादीको औठी र सेतो मोती धारण गर्नाले पनि लाभ प्राप्त हुन्छ ।

८. मोक्ष प्राप्तिको लागी तीर्थ जलले अभिषेक गर्नुहोस् ।

९. धनधान्य आदिको लागी मधुले अभिषेक गर्नुहोस् ।

१०. लक्ष्मी प्राप्तिको लागी उखुको रसले अभिषेक गर्नुहोस् ।

TLN Post
TLN Post
सपूर्ण नेपाली सम्पूर्ण समाचार,म्युजिक भिडियो, फिल्म र अन्य खबरहरु र साथसाथै म्युजिक र फिल्महरु को रिभ्यु | साथै यहाँहरुको म्युजिक भिडियो र फिलिमहरुको प्रोमोसन गर्नु परेमा हामी लाई साम्झनुहोस |

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Must Read