Homeस्वास्थ्यजस्तोसुकै जोर्नी दुखाईलाई पुर्णरुपमा निको पार्ने यो अचुक घरेलु औषधी

जस्तोसुकै जोर्नी दुखाईलाई पुर्णरुपमा निको पार्ने यो अचुक घरेलु औषधी

जोर्नी दुखाई एक साझा र पीडादायी समस्या हो । जोर्नी दुखाई हातगोडाको जोर्नी मात्र नभई शरीरको जहाँ-जहाँ दुई हड्डी जोडिएको हुन्छ, त्यहाँ चस्स दुख्ने, मन्द दुख्ने, सुन्निएर रातै हुने, यताउता चल्न निकै अप्ठ्यारो हुने, सहन नसक्ने गरी दुख्ने तथा कटक्क खाए जसरी दुख्ने लगायतका समस्या हो । आजकल वृद्धवृद्धालाई मात्र नभई जवान उमेरको मानिसहरुमा पनि यो समस्या बाक्लै देखिन्छ ।

अचेलका जवानहरुमा पनि बढी देखिने यो समस्या हुनुको अनेक कारणहरुमध्ये जेनेटिक्स, असन्तुलन खानपान र अस्तव्यस्त जीवन शैलीलाई पहिलो कारणका रपमा लिन सकिन्छ । एकपटक यो समस्याले सत्ताउन थालेपछि छुटकारा पाउन निकै मुस्किल हुन्छ ।

हामी यो बिमारीबाट मुक्त पाउन विभिन्न किसिमका औषधी सेवन गर्ने गर्छौं । यस्तो दुखाई कम गर्ने औषधीले एकछिनको लागि त ठिक हुन्छ तर लामो समयसम्म र पूर्ण रुपमा भन्ने काम गर्दैन ।

यो समस्यालाई निको पार्न बाह्य औषधी उपचारका साथसाथै आन्तरिक उपचार गर्नु पनि जरुरी हुन्छ । जसले यस बिमारी बाट सधैँका लागि छुटकारा पाउन सकिन्छ ।आज हामी जोर्नी दुखाईबाट सधैँका लागि पुर्णरुपमा छुटकारा पाउन मद्धत गर्ने १०० प्रतिशत प्रभावकारी र अचुक घरेलु औषधीको बारेमा चर्चा गर्न गइरहेका छौँ ।

यसका लागि हामीलाई चाहिने सामग्रीहरु

कागतीको बोक्रा र ओलिव (जैतुन) ओइल ।

बनाउने विधि

सुरुमा दुई ओटा ठुलो कागती लिने । यदि कागती सानो छ भने ३-४ ओटा लिन सकिन्छ । अब यी कागतीको बोक्रा निकाल्ने । बोक्रा निकाल्दा सानो टुक्रा पार्नु भन्दा अलि ठुलो र लाम्चो आकारमा निकालेको राम्रो हुन्छ । सबै कागतीको बोक्रा निकालिसकेपछी सम्पूर्ण बोक्रालाई एउटा सफा सिसाको जारमा राख्ने र यसको माथिबाट ओलिव ओइल राख्ने (मिसाउने)। याद राख्नुहोस् कि ओइल राख्दा खेरी यसले कागतीको बोक्रालाई पुर्ने (डुबाउने) गरी राख्नु पर्छ । त्यसपछि राम्रो सँग जारको ढकन लगाएर यसलाई २ हप्तासम्म राख्नुहोस् । (यदि तपाइँ सँग घरमा सिसाको सानो जार छैन भने ढकन भएको अन्य सिसाको बट्टा,कप अथवा भाँडामा राख्न सकिनेछ) ।

यसरी २ हप्तासम्म राखेपछि यो औषधी प्रयोग गर्न सकिन्छ ।

प्रयोग गर्ने विधि

यो औषधीमा गज या कपासको डल्ला चोपेर अर्थात् डुबाएर दुखेको भागको माथिबाट राखेर ब्यान्डेजले राम्ररी छोप्ने गरी बाँध्ने । यो औषधी प्रयोग गरेपछि राम्रो आराम गर्नु जरुरी छ, त्यसैले रातीमा बेडमा जानु भन्दा अगाडी प्रयोग गर्दा एकदम प्रभावकारी नतिजा पाउनेछ ।

कागतीको बोक्रामा केहि शक्तिशाली एन्टीसेप्टिक र एन्टी-इन्फ्लामेटरी प्रोपर्टीज् हुन्छ । हामीले कागतीको सेवन गर्दै आएपनि स्वास्थ्य सम्बन्धी यसको बोक्राबाट पाइने अद्भुत गुणहरुको बारेमा हामीमध्ये धेरैलाई थाहा नहुन सक्छ । यसले जोर्नी दुख्ने समस्या बाट पूर्णरुपमा छुटकारा पाउनुका साथै नसा सुनिन्ने समस्यालाई निको पार्छ । साथै रक्तनालीको लागि पनि फाइदा पुरयाउँछ ।

हामीले केहि सम्बन्धित थप जानकारी दिइएका छाै

नेपालमा ढाडजोर्नी दुख्ने समस्या बिकराल बन्दै , कसरी बच्न सकिन्छ यसबाट ?

विशेष गरी उमेर ढल्किँदै गएपछि शरीरमा भएको अधिकांश क्याल्सियमको मात्रा हाडजोर्नीले प्रयोग गर्ने गर्दछ र यदि क्याल्सियमको कमि हुन थालेपछि अब हाडजोर्नीमा समस्या आउन थाल्दछ । जोर्नी, लिगामेन्ट र ट्युबमा बढी दबाब पर्छ ।

नसालाई बाहिरी दबाबले थिच्छ र जोर्नी दुख्छन् । यस्तो समस्या वृद्धवृद्धाहरूमा मात्रै होइन, तन्नेरी र प्रौढहरूमा पनि हुने गर्दछ । यो समस्या प्राय चिसो मौसममा धेरै हुने गर्दछ ।

यी कुरामा ध्यान दिनुभयो भने, हाडजोर्नी दुख्ने समस्याबाट छुटकारा पाउनुहुन्छ

१. जोर्नीलाई चिल्लो बनाइराख्नुहोस् – यदि तपाईँलाई हाडजोर्नी दुख्ने समस्या छ भने हाडजोर्नीलाई चिल्लो बनाइराख्नुपर्छ, सुक्खा हुन दिनुहुँदैन । माछामा पाइने ‘ओमेगा-३ फ्याटि एसिड’ले जोर्नीसम्बन्धी दुखाईलाई कम गर्नुको साथै त्यसलाई बिस्तारै निको पनि गराउँदै लैजान्छ। त्यसलगायत, गाईको घ्यू, माछाको तेलले पनि हाडजोर्नीको दुखाईलाई कम गराउँदछ ।

२. एउटा खुट्टाले उभ्भिनुहोस् – शरीरलाई सन्तुलनमा राख्ने व्यायामलाई त्यति महत्व दिइँदैन, तर यो अति नै लाभदायी अभ्यास हो। सुरुमा आँखा खोलेरै एउटा खुट्टा उचाल्नुहोस् र बिस्तारै आँखा बन्द गर्नुहोस्, आफ्नो शरीरलाई सन्तुलनमा राख्ने कोशिस गर्नुहोस् । गाह्रो हुन्छ भने भित्ताको सहायता पनि लिन सक्नुहुन्छ। दुईवटै खुट्टालाई २-२ मिनेट जति यसरी दैनिक व्यायाम गर्नाले घुँडा र गोलीगाँठाका मांशपेसीलाई मजबुत बनाई शरीरलाई सन्तुलित राख्न मद्दत पुग्दछ ।

३. दूग्धपदार्थबाट बच्नुहोस् – यदि तपाईँलाई बाथरोग जस्तै अन्य हाडजोर्नीको समस्या छ भने अत्याधिक दूग्धपदार्थको सेवन गर्नु उचित हुँदैन । किनभने दूग्ध पदार्थमा अत्याधिक मात्रामा क्याल्सियम हुन्छ र शरीरले यति धेरै क्याल्सियमलाई एकैचोटि पचाउन सक्दैन, जसको कारण हाडजोर्नी सुन्निने समस्या आउन सक्छ । बरु त्यसको सट्टा हलुका मात्रामा क्याल्सियम पाइने खानेकुराहरू जस्तै हरियो सागपात, जहु, गेडागुडी खानु हाडजोर्नीको लागि फाइदाजनक हुन्छ ।

४. हिँडडुल गर्न नछोड्नुहोस् – “हिँडिराख्नुपर्छ! दुखेर तड्पिराको बेला हिँड्न नसकुम्ला जस्तो हुनु सामान्य हो, तर तपाईँ हिँड्न सक्दिनँ भनेर जति बस्नुहुन्छ, त्यति नै सताउने गर्छ ।”, फिजिसियन डा. युसेफ हब्बाब भन्छन्- “एउटै ठाउँमा कुक्रुक्क परेर बस्नुहुँदैन। यदि कम्प्यूटरमा काम गर्दै हुनुहुन्छ भने पनि उठ्नुहोस्, कम्तीमा पनि १ घण्टामा एकचोटि उठेर यताउता गर्नुहोस् ।”

५. सही व्यायाम – दौडने अनि एरोबिक्स गर्नेभन्दा पनि साइकल चलाउने, हिँड्ने जस्ता हलुका व्यायाम गर्नु हाडजोर्नीको लागि फाइदाजनक हुन्छ । त्यसलगायत तपाईँको मेरदण्डलाई सक्रिय बनाउने व्यायाम जस्तै योगा गर्दा पनि उचित हुन्छ ।

६. तौललाई नियन्त्रणमा राख्नुहोस् – “तौल बढ्नु भनेको जोर्नीको लागि एकदमै नराम्रो कुरा हो, किनकी यसले जोर्नीमा बढि दबाब पार्दछ ।”, पोषणविद् शोना विल्कन्सन भन्छिन्- “हरेक १ किलो तौल बढ्दा हाम्रो घुँडामा दोब्बर दबाब पर्दछ। त्यसैले थोरै मात्रै तौल घटाउन सक्यो भने पनि जोर्नीमा हलुका भएपनि राहत हुन्छ ।”

जाडोमा घुँडा वा जोर्नी दुख्ने – दिन प्रति दिन जाडोयम बढ्दै गएको छ । यतिबेला जोर्नी तथा घुँडा दुख्ने समस्या बढ्न सक्छ । कतिसमय अवस्थामा त घुँडा दुखाईले सामान्य हिँडडुल गर्न समस्या हुन्छ ।

१. अदुवा – अदुवा यस्तो औषधि हो जसले घुँडाको दुखाईमा रामवाणको काम गर्छ । यसलाई चियाँसग सेवन गर्न सकिन्छ । अथवा यसको रस पिउँदा पनि हुन्छ । साथै महसँग पनि यसको सेवन गर्न सकिन्छ । २. कागती – कागतीको सेवनले पनि घुँडाको दुखाई पनि शान्त गर्छ । यसलाई घुँडामा दल्दा पनि राहत मिल्छ । ३. तोरीको तेल – तोरीको तेलमा लसुन मिसाएर हल्का तताउने । नियमितरुपमा यसो गर्दा घुँडाको दुखाई पक्कै कम हुन्छ ।

४. सिधे नुन – घुँडाको दुखाईमा सिधे नुन एकदमै असरदार हुन्छ । यसलाई पानीमा हालेर दुखेको ठाउँमा लगाउँदा आराम मिल्छ । यो एउटा घरेलु उपचार हो । ५. बेसार – घुँडाको दुखाई भगाउनका लागि बेसार एक प्रभावकारी प्राकृतिक उपचार हो । बेसारमा मौजुद रहने कुरक्यूमिनले एन्टिअक्सिडेन्टको रुपमा काम गर्छ र दुखाई कम गर्न सहयोग गर्छ । ६. मेवाको विज – मेवाको बिज अत्यन्तै उपयोगी हुन्छ । यसलाई पिसेर तेलमा लगाएर आफ्नो घुँडामा दल्नुपर्छ दुखाईबाट उन्मुक्ति पाइन्छ ।

७. गाजर – गाजरले हाम्रो शरीरलाई पौष्टिक तत्व प्रदान गर्छ । यदि घुँडाको दुखाईबाट पिडित हुनुहुन्छ भने बढिभन्दा बढि गाजर खानुपर्छ । यसले शरीरलाई शक्ति प्रदान गर्नुका साथै घुँडाको दुखाईबाट छुट्कारा दिलाउँछ । ८. मेथीको बिज – घुँडाको दुखाई छ भने मेथीको बिउलाई पिसेर तेलमा मिलाएर हल्का हातले लगाउनुपर्छ । यसबाट घुँडाको दुखाई शान्त हुन्छ । ९. प्याज – प्याजले पनि घुँडाको दुखाईबाट छुट्कारा दिलाउन सक्छ । सोझै प्याज खाएर वा पिसेर घुँडामा लगाउनाले यसबाट लाभ हासिल गर्न सकिन्छ ।

१०. नरिवलको तेल – खुट्टा मर्किएको बेला नरिवलको तेल लगाएर मालिस गर्दा आराम मिल्छ । साथै घुँडाको दुखाईमा पनि यसको प्रयोग गर्न सकिन्छ । ११. रातो खुर्सानी – रातो खुर्सानीको प्रयोगले घुँडाको दुखाईमा राहत प्राप्त हुन्छ । यसमा मौजूद केपसाइसिनले पेनकिलरको जस्तै काम गर्छ । १२. ओमेगा ३ फ्याटी एसिड – यी फ्याटी एसिडले शरीरलाई शक्ति प्रदान गर्नुका साथै विभिन्न रोगहरुसँग लड्न क्षमता प्रदान गर्छ । यसका लागि बदाम, दुध जस्ता चिजहरु सेवन गर्नुपर्छ । दैनिकरुपमा यी वस्तुहरु सेवन गर्दा घुँडाको दुखाई समाप्त हुन्छ ।

१३. क्याल्सियमयुक्त खाना – क्याल्सियमयुक्त खानाले शरीरलाई स्वस्थ राख्न मद्दत गर्छ । शरीरमा क्याल्सियमको कमिले गर्दा नै हड्डीको दुखाई उत्पन्न हुने हो । त्यसैले क्याल्सियम भएका खानेकुराहरु भरपुर सेवन गर्नुपर्छ ।

१४.एक्सरसाइज – घुँडाको दुखाई हुनेहरुले नियमित एक्सरसाइज गर्नु आवश्यक छ । १५.योगा – योगा गर्नु धेरै हिसाबले लाभदायक छ । कठिन शारिरीक अभ्यासबिनै आफूलाई स्वस्थ राख्न चाहने हो भने नियमित योगा गर्नुपर्छ । यसले घुँडाको समस्याबाट पनि छुटकारा दिलाउँछ ।

नोट: माथि उल्लेखित स्वास्थ्य सम्बन्धी जानकारीहरु विभिन्न अनलाइन तथा पत्र-पत्रिकाहरुबाट साभार गरिएको हो । मानिसको शारिरिक अवस्था र समय अनुसार पनि माथि उल्लेखित कुराहरुको उपलब्धी फरक पर्छ । सम्पुर्णरुपमा यहि कुरामा मात्रै भर नपर्नुहोला । माथि उल्लेखित कुराहरु प्रयोग गर्दा तपाईको स्वास्थ्यमा थप खराबी देखिए, कृपया तुरुन्त रोकेर स्वास्थ्यकर्मीहरुसँग सल्लाह लिनुहोस् ।

साथै तपाईलाई यो जानकारी कस्तो लाग्यो ? हाम्रो जानकारीहरु अरुलाई पनि देखाउन कृपया सेयर गर्नुहोला । तपाइको एक सेयरले थाहा नभएकाहरुले ज्ञान पाउछन भने हामीलाई पनि सहयोग मिल्नेछ ।

TLN Post
TLN Post
सपूर्ण नेपाली सम्पूर्ण समाचार,म्युजिक भिडियो, फिल्म र अन्य खबरहरु र साथसाथै म्युजिक र फिल्महरु को रिभ्यु | साथै यहाँहरुको म्युजिक भिडियो र फिलिमहरुको प्रोमोसन गर्नु परेमा हामी लाई साम्झनुहोस |

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Must Read