Homeसमाचारआजदेखि दशैँका लागि अग्रिम टिकट बुकिङ खुला

आजदेखि दशैँका लागि अग्रिम टिकट बुकिङ खुला

दशैँका लागि आजदेखि अग्रिम टिकट बुकिङ खुलेको छ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा गत शुक्रबार भएको सर्वपक्षीय छलफलपछि आजदेखि अग्रिम टिकट बुकिङ खुला गर्ने निर्णय भएको थियो।

अग्रिम टिकट बुकिङ खुला गरिएसँगै यात्रुको चाप हुने स्थानमा यात्रु सहायता कक्ष स्थापना गरिने यातायात व्यवस्था विभागले जनाएको छ। कालोबजारीमा टिकट बिक्री हुन नदिन अनुगमन गरिने विभागको भनाइ छ।

टिकट बुकिङ खुला भएसँगै बिहानदेखि नै गोंगबुस्थित नयाँ बसपार्कमा टिकट लिनेहरुको भिड लागेको छ। यस्तै कलंकी, बल्खु, कोटेश्वरलगायत काठमाडौंका विभिन्न स्थानमा खोलिएका काउन्टरहरु पनि टिकट लिनेहरुको घुइँचो लागेको छ। ‘शर्मा जी शो’ को पहिलो सिजन सम्पन्न

नेपाली सिनेमा तथा गीत संगीत क्षेत्रका कलाकारहरुसंगको अन्तरक्रियात्मक कार्यक्रम ‘शर्मा जी शो’ को पहिलो सिजन सम्पन्न भएको छ।

कोरिबाटि टिभिको आफ्नै स्टुडियोमा छायांकन गरि कोरिबाटि टिभि मार्फत हरेक हप्ता सार्वजनिक हुने अन्तरक्रियात्मक टक शो कार्यक्रमको पहिलो सिजनमा बिभिन्न कलाकारहरुलाई निम्त्याईएको थियो।

शर्मा जी प्युठानले संचालन गरेको उक्त कार्यक्रममा बरिष्ठ पत्रकार तथा निर्माता ऋषि धमला, नायिका एलिजा गौतम , नायक संजोग कोईराला , नायिका सन्ध्या केसी ,गायक अल्मोडा राना उप्रेती , नायक धीरज मगर , निर्देशक रेनेशा वान्तवा राई लगाएतसंग अन्तरक्रियात्मक कार्यक्रम सम्पन्न भयो।

पहिलो सिजनको सफलता पुर्वक सम्प्पन्न पश्चात दोस्रो सिजन पनि चाढै सुरु हुने निर्माण टिमले जानकारी गराएको छ ।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Must Read