Homeअर्थराष्ट्र उत्थान लघुवित्तको आईपीओ बाँडफाँट मिती र समय तय

राष्ट्र उत्थान लघुवित्तको आईपीओ बाँडफाँट मिती र समय तय

राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडको आईपीओ भोलि बाँडफाँट गरिने भएको छ ।

बिक्री प्रबन्धक एनआईबिएल एस क्यापिटल लिमिटेडका अनुसार बुधबार प्रिअलटमेन्टको कार्य सकिएको छ । भोलि बिहीबार ३ बजे लघुवित्तको आईपीओ बाँडफाँट गरिने क्यापिटलले जनाएको छ ।

लघुवित्तको आईपीओमा अन्तिम दिनसम्म २६ लाख २६ हजार ९० जना आवेदकले ३ करोड ४ लाख ३१ हजार ३७० कित्ता शेयरका लागि आवेदन दिएको सिडिएस एण्ड क्लियरिङ्गले जनाएको छ । यो माग गरेको भन्दा ३८ गुणा बढी हो ।

राष्ट्र उत्थान लघुवित्तले सर्वसाधारणका लागि फागुन ४ गते बुधबारदेखि फागसन ८ गतेसम्म आईपीओ निष्काशन तथा बिक्री खुला गरेको थियो ।

लघुवित्तले हाल कायम चुक्ता पूँजीको प्रतिकित्ता १ सय रुपैयाँ अंकित दरमा ८ करोड ५० लाख रुपैयाँ बराबरको ८ लाख ५० हजार कित्ता आईपीओ बिक्री खुला गर्ने भएको हो । जसमध्ये ०.५ प्रतिशत अर्थात १३ हजार कित्ता कर्मचारीहरुलाई, ५ प्रतिशत अर्थात ४२ हजार ५ सय कित्ता सामूहिक लगानी कोषहरुलाई र बाँकी ७ लाख ९४ हजार ५ सय कित्ता शेयर सर्वसाधारणहरुका लागि छुट्याइएको छ ।

लघुवित्तको आईपीओमा माग भन्दा बढी आवेदन परेकाले गोलाप्रथा विधिबाट १० कित्ताका दरले बाँडफाँट गरिनेछ । गोलाप्रथा विधिबाट बाँडफाँट गर्दा ४९ हजार ४५० जनाले मात्रै लघुवित्तको १० कित्ता शेयर पाउने छन् । बाँकी आवेदनकको हात रित्तो हुने छ ।

हाल लघुवित्तको चुक्ता पूँजी १७ करोड ५० लाख रुपैयाँ रहेको छ भने आईपीओ निष्काशन पश्चात चुक्ता पूँजी २६ करोड रुपैयाा पुग्नेछ ।

TLN Post
TLN Post
सपूर्ण नेपाली सम्पूर्ण समाचार,म्युजिक भिडियो, फिल्म र अन्य खबरहरु र साथसाथै म्युजिक र फिल्महरु को रिभ्यु | साथै यहाँहरुको म्युजिक भिडियो र फिलिमहरुको प्रोमोसन गर्नु परेमा हामी लाई साम्झनुहोस |

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Must Read