Homeस्वास्थ्यफिटकिरीका केहि उपयोगी गुणहरु, जानीराखौ

फिटकिरीका केहि उपयोगी गुणहरु, जानीराखौ

फिटकिरीसँग धेरै जसो एउटा अनुभव चै पक्कै हुन्छ, त्यो हो बच्चा बेलामा फिटकिरीलाई मिश्री सम्झिएर खानु र आत्तिएर थुक्नु । हामी कसैलाई पनि फिटकिरीको स्वाद ठिक लाग्दैन । फिटकिरी स्वादका हिसाबले खानु पर्ने कुरा पनि पक्कै होइन तर यसका गुणहरुका कारण फिटकिरी निकै गुणकारी कुरा मानिन्छ । यहाँ हामीले फिटकिरीका केहि उपयोगी गुणहरुका बारेमा जानकारीहरु संकलन गरेका छौँ । आशा छ, यी जानकारीहरु तपाईहरुका लागि उपयोगी हुनेछन् ।

१. आँखाको रोगमा

सानो शिशी गुलाफ जलमा २ चिम्टी फिट्कीरीको धूलो मिसाएर राख्नुहोस् र आँखा रातो भएमा, चिप्रा लागेमा, आँखा पोलेमा २\२ थोपा बिहान\बेलुका हाल्नाले ठीक हुन्छ ।

२. ज्वरो आएमा

दिनदिनै वा ३\४ दिन बिराएर आउने ज्वरोमा ताउमा फुराएको धूलो फिट्किरी २ चिम्टीमा २ चिम्टी चिनी मिसाएर ज्वरो आउनु चार घण्टा अगाडि पानीसंग खानुहोस् र दोस्रो मात्रा दुइ घण्टा पछाडी फेरि खानुहोस् यसरी ज्वरो आउन सक्दैन र आएमा पनि मन्द मात्र आउँछ । यसरी ३\४ दिन नियमित प्रयोग गर्नाले ठीक हुन्छ ।

३. मलेरिया ज्वरोमा

फुराएको फिट्किरीको धूलो २ चिम्टी, नौशादर दुइ चिम्टी, गेरु दुइ चिम्टीको मात्रा मिलाएर दिनको चार पटक पानीसँग खाएमा मलेरिया ज्वरो निको हुँदै जान्छ ।

४. दम खोकीमा

दूधे बालकलाई खोकी लागेमा फुराएको फिट्किरी १ चिम्टी हालेर पानीमा फिटेर आमाको थुनमा लगाउनाले खोकी कम हुन्छ । जब बच्चाले दूध खान्छ सँगसँगै फिट्किरीको पानीले पनि काम गर्छ ।

५. पेट बटारिएर दुख्ने रोगमा

फुराएको फिट्कीरीको चूर्ण १ चिम्टी २ वटा दाखभित्र हालेर बिहान/बेलुका पानीसँग खाने गरेमा केही दिनमै दुखेको पेट ठीक हुन्छ ।

६. दन्त शूलमा

सिमालीको जरा फिट्किरी पानीमा पिनेर दाँत माझ्नाले दाँत सम्बन्धी रोगहरु निको हुन्छन् ।

७. डण्डिफोर र छालाको चायामा

फिट्कीरी पानीमा सुपारी घोटेर बेलुका सुत्नु अगाडि लगाउने गरेमा डण्डिफोर र छालाको चाया ठिक हुन्छ ।

TLN Post
TLN Post
सपूर्ण नेपाली सम्पूर्ण समाचार,म्युजिक भिडियो, फिल्म र अन्य खबरहरु र साथसाथै म्युजिक र फिल्महरु को रिभ्यु | साथै यहाँहरुको म्युजिक भिडियो र फिलिमहरुको प्रोमोसन गर्नु परेमा हामी लाई साम्झनुहोस |

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Must Read