Home फिल्म सेलिब्रेटी निशा घिमिरेलाई आँचलको एक लाख सहयोग

निशा घिमिरेलाई आँचलको एक लाख सहयोग

पैसा अभावका कारण उपचार गर्न नसकेर ३ बर्ष देखी शैयामा छट्पटाई रहेकी कलाकार निशा घिमिरेलाई नायिका आँचल शर्माले केही रकम सहयोग गरेकी छन् l  शर्माले नगद एक लाख रुपैया निशालाई सहयोग गरेकी हुन् l

अभिनय कोर्स पढ्नका लागि देहरादुन जाँदै गर्दा सडक दुर्घटनामा परेर गम्भिर घाइते भएकी मोडल निशा घिमिरेको हाल् नर्भिक अस्पतालमा उपचार भैरहेको छ l‘ब्रेन इञ्जुरी’का कारण विगत तीन वर्षदेखि ओछ्यान परेकी घिमिरेलाई अस्पतालकी प्रवन्ध निर्देशक मेघा चौधरीले  उद्धार गरिन् l निशाको नवजीवन परोपकार समाजका सञ्चालक दुर्गानाथ दाहालले दर्दनाक अवस्थाको विषयमा फेसबुकमा पोष्ट गरेका थिए । उक्त पोस्ट सामाजिक सन्जालमा छरिए सँगै सिनेकर्मीहरु उनको उपचारको लागी सहयोगी हातलाई अघि बढाए l

गत शनिवार चलचित्र विकास बोर्ड अन्तर्गतको चलचित्रकर्मी कल्याणकारी कोषले सहयोग स्वरुप ५१ हजार प्रदान गर्ने निर्णय गरेको थियो । उनको उपचारको लागि रकम जुटिरहेको छ l साथै, नायिकाद्दय करिश्मा मानन्धर, रेजिना उप्रेती, उषा पौडेल लगायतले पनि घिमिरेको उपचारको लागि आर्थिक सहयोग गरेका छन् l

TLN Post
सपूर्ण नेपाली सम्पूर्ण समाचार,म्युजिक भिडियो, फिल्म र अन्य खबरहरु र साथसाथै म्युजिक र फिल्महरु को रिभ्यु | साथै यहाँहरुको म्युजिक भिडियो र फिलिमहरुको प्रोमोसन गर्नु परेमा हामी लाई साम्झनुहोस |

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Must Read