Homeस्वास्थ्यतपाइलाई हर्ट अट्याकको जोखिम छ कि छैन ? अब यसरी थाहा पाउन...

तपाइलाई हर्ट अट्याकको जोखिम छ कि छैन ? अब यसरी थाहा पाउन सकिन्छ

अक्सफोर्ड विश्वविद्यालयको अनुसन्धान टोलीले भनेको छ, यो अध्ययनले विश्वमै मृत्युको सबैभन्दा ठूलो कारण बन्ने गरेको मुटु रोगको उपचारका लागि ठूलो सहयोग मिल्नेछ । यो नयाँ तरिकामा मुटुका धमनीहरुको जाँच गरेर हर्ट अट्याकको खतरा छ कि छैन भन्ने पत्ता लगाइन्छ । जसले गर्दा संभावना बढी भएकालाई त्यहि अनुसारको उपचार पहिला नै सुरु गर्न सकिन्छ।

अध्ययनका क्रममा झण्डै २ हजार जनाको मुटु स्क्यान गरेर स्वस्थ देखिने मानिसमा हर्ट अट्याकको संभावना पत्ता लगाउन कत्तिको उपयोगी हुन्छ भनेर अध्ययन गरिएको थियो। मुटुका धमनीमा रगत सर्कुलर हुन नपाउँदा अक्सिजनको कमी भएपछि हर्ट अट्याक हुन्छ।

यो पनि पढ्नुहोस: पेट बेला बेलामा गुडुङ् गुडुङ् कराउँछ ? यस्तो हुनसक्छ कारण: के तपाईं कहिले धेरै बेरसम्म केही पनि नखाई बस्नु भएको छ ? बस्नु भएको छ भने अवश्य पनि तपाईंको पेट त्यति बेला विभिन्न खाले आवाजमा कराएको पनि होला । किनभने हामी धेरै बेर केही पनि नखाई बस्ने हो भने हाम्रो पेट आफै कराउन थाल्छ। डाक्टरहरुले यसलाई बोरबोरिग्मी भन्ने गर्छन् ।

यो शब्द हाम्रो पेट कराउँदा आउने आवाजसँग पनि केही हदसम्म मेल खाने गर्छ । हामीलाई थाहा नै छ, हाम्रो पेटले निरन्तर रुपमा हाम्रो खानाहरुलाई पचाउने काम गरिरहेको हुन्छ । हामीले खाएको खाना यसले औसतमा ३ देखि ४ घण्टामा पचाउने गर्छ । यो कुरा हामीले खाएको खानाको मात्रामा पनि भर गर्छ। धेरै समयसम्म केही पनि नखाई बस्दा हाम्रो पेटमा खाना बाँकी रहँदैन ।

खानालाई पचाउनका लागि हाम्रो पेट खुम्चिने गर्छ । तर खाली भएको हुनाले पेटमा केवल ग्याँस मात्र रहेको हुन्छ। खाली पेटमा ग्याँस र पेटबाट निक्लेका पाचन रसहरु बीच घस्रण भएर विभिन्न खाले आवाजहरु आउन थाल्छन्। यस्तो हामीलाई विशेष गरेर भोक लागेको समयमा हुने गरे पनि यसले पेट कराउनमा कुनै पनि भूमिका खेलेको भने हुँदैन। किनभने भोक लागेको हरेक पल्ट हाम्रो पेट कराउँछ भन्ने हुँदैन।

TLN Post
TLN Post
सपूर्ण नेपाली सम्पूर्ण समाचार,म्युजिक भिडियो, फिल्म र अन्य खबरहरु र साथसाथै म्युजिक र फिल्महरु को रिभ्यु | साथै यहाँहरुको म्युजिक भिडियो र फिलिमहरुको प्रोमोसन गर्नु परेमा हामी लाई साम्झनुहोस |

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Must Read