Homeस्वास्थ्यजवानी तन्काउने ओखर खानुका फाइदाहरु थाहा पाउनुहोस् !

जवानी तन्काउने ओखर खानुका फाइदाहरु थाहा पाउनुहोस् !

ओखर प्रोटिनको सबैभन्दा राम्रो श्रोत त हो नै यसले जिउबाट हानिकारक कोलेस्ट्रोल निकाल्नमा पनि मद्धत गर्दछ । यसमा ओमेगा थ्री फ्याट्टी अम्ल भरपूर मात्रमा पाइन्छ जसको एन्टी इन्फ्लामेटरी गुणवत्ताका कारण उच्च रक्तचापको खतरा पनि कम गर्न सहयोग मिल्दछ । हालै भएको एक अध्ययन अनुसार नियमित रुपमा ओखरको सेवन गर्ने महिलामा शारीरिक समस्याहरुको सम्भावना निकै कम देखिने गरेको छ । साथै नियमित ओखरको सेवनले बुढ्यौलीका लक्षण छिटो देखापर्ने समस्यालाई पनि कम गरिदिन्छ।

ओखरमा पोलीअनस्याचुरेटेड फ्याट पाइन्छ जसमा वनस्पतीमा आधारित ओमेगा थ्री फ्याट्टी एसिड, अल्फा लिनोलेनिक एसिड एएलए पनि सामेल हुन्छ । एक औँश अर्थात् २८।५ ग्राम ओखरमा २।५ ग्राम ए एलए पाइन्छ ।अमेरिकाको ब्रिघम एण्ड विमन हस्पिटल तथा हार्वड मेडिकल स्कूलका प्राध्यापक फ्रान्सिन ग्रोडस्टिन भन्छन्ः अधिकांस अध्ययनहरु उमेर बढेसँगैको मधुमेह तथा मुटुरोग जस्ता समस्यामा गरिने अध्ययनसँग सम्बन्धित हुन्छन् । तर बुढ्यौलीको बारेमा गरिने अध्ययनको कमी छ ।

उनका अनुसार ओखरसँगै फलफूल तथा सागसब्जीको पर्याप्त सेवन, चिनीयुक्त खानेकुरा कम खाने, बोसो तथा सोडियमको सेवन पनि क मगर्ने र रक्सी कम खाने गर्नाले छिटो बुढ्यौलीको लक्षण देखिने समस्या कम हुन्छ ।जर्नल अफ न्युट्रिसन नामक पत्रिकामा छापिएको पछिल्लो अध्ययनका क्रममा झण्डै ५५ हजार जना महिलालाई सहभागी गराइएको थियो । शोधकर्ताका अनुसार जिउलाई जवान राख्न लागि ओखरको सेवनसँगै स्वस्थ खानपान र सन्तुलित जिवनशैलीको पनि खाँचो हुन्छ ।

पेटको बोसो घटाउन अपनाउनुस् यी ९ घरेलु विधि, पाउनुहुनेछ गज्जबको नतीजा ! कागती पानी:दिनको सुरुवात दिनको सुरुवात कागती पानीबाट गर्नुहोस् । पेटमा जम्मा भएको अतिरिक्त बोसो कम गर्न यो घरेलु उपाय प्रभावकारी हुन्छ । तातो पानीमा कागतीको थोरै रस र नुन मिसाएर हरेक दिन बिहान सेवन गर्नुहोस् । यसबाट तपाईंको मेटाबोलिजम दुरुस्त रहन्छ र तौल कम गर्नमा पनि मद्दत मिल्छ ।

खैरो चामलको भात:यदि तपाईं भात खानमा सोखिन हुनुहुन्छ भने सेतो चामलबाट टाढा रहनुहोस्, त्यसको स्थानमा खैरो चामलको भात खानुहोस् । यसका अलावा आफ्नो खानामा ब्राउन ब्रेड, ओट्सजस्ता खाद्य पदार्थ सामेल गर्नुहोस् । यदि तपाईं पेटको बोसो कम होस् भन्ने चाहनुहुन्छ भने मिठाईबाट टाढा रहनुहोस् । मिठाई तथा तैलीय पदार्थबाट टाढा रहनुहोस् । यस्ता खाद्य पदार्थले शरीरमा अतिरिक्त बोसो जम्मा गर्छ । यस्तो बोसो पेट, तिघ्राजस्ता शरीरका विभिन्न भागमा जम्मा हुने गर्छन् ।

पानी धेरै पिउनुहोस्: पेटको बोसो काम गर्न धेरै पानी पिउनुहोस् । यो निकै लाभदायी हुनेछ । नियमित अन्तरालमा पानी पिउनाले मेटाबोलिजम बढ्छ र शरीरबाट विषालु पदार्थ बाहिर निस्कनमा मद्दत गर्छ । यसबाट शरीर स्वस्थ रहन्छ । काँचो लसुन खानुहोस्: बिहान काँचो लसुन खाने बानी गर्नुहोस् । यसले शरीरलाई निकै फाइदा पनि गर्छ । बिहान लसुनको दुई या तीन पोटी चपाएपछि तातोपानीमा कागती हालेर पिउनाले बोसो घटाउन मद्दत गर्छ । यसबाट मोटोपना घट्ने प्रक्रिया दुइ गुनाले हुन्छ । यसबाट शरीरको रक्तप्रवाह पनि सुचारु हुन्छ ।

मांसाहारबाट टाढै रहनुहोस्: मांसाहारी भोजनमा बोसोको मात्रा निकै हुन्छ । यो बोसो शरीरमा जम्मा हुन्छ, जसबाट स्वास्थ्यसम्बन्धी समस्याहरु उत्पन्न हुन्छन् । यदि वास्तवमै तपाईं तौल कम गर्न चाहनुहुन्छ भने मांसाहार छाडेर शाकाहारी भोजन गर्नुहोस् । धेरै सागसब्जी खानुहोस्: खानामा फल र सागसब्जी सामेल गर्नुहोस् । बिहान बेलुकी एक कचौरा फल र सागसब्जी खानु स्वास्थ्यका लागि फाइदाजनक हुन्छ । यसबाट तपाईंको पेट भरिन्छ र एन्टीअक्सिडेन्ट, मिनरल्स र भिटामिन पनि प्राप्त हुन्छ ।

खाना पकाउने तरिका परिवर्तन गर्नुहोस्: खाना पकाउँदा तौल बढाउने खालका मसला पनि प्रयोग नगर्नुहोस् । दालचिनी, अदुवा तथा मरिचको प्रयोग खानामा अनिवार्य रुपमा गर्नुहोस् । यी मसाला स्वास्थ्यका लागि फाइदाजनक हुन्छ । यसले तपाईंको इन्सुलिन क्षमता बढाउँछ र चिनीको मात्रा पनि कम गर्छ । बदामको प्रयोग गर्नुहोस्: बदाममा भिटामिन इ तथा प्रोटिनका अलावा फाइबरको मात्रा अधिक मात्रामा हुन्छ । यसको सेवनले पेट लामोसमयसम्म भरिएको अनुभूति हुन्छ । यसमा क्यालोरीको मात्रा बढी भएपनि मोटाई भने बढाउँदैंन ।

TLN Post
TLN Post
सपूर्ण नेपाली सम्पूर्ण समाचार,म्युजिक भिडियो, फिल्म र अन्य खबरहरु र साथसाथै म्युजिक र फिल्महरु को रिभ्यु | साथै यहाँहरुको म्युजिक भिडियो र फिलिमहरुको प्रोमोसन गर्नु परेमा हामी लाई साम्झनुहोस |

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Must Read