काठमाडाैँमा मास्क नलगाउनेलाई सय रुपैयाँ जरिवाना

0
83

नेपालमा काेराेना संक्रमण फेरि बढ्दै गएकाे छ।हरेक दिन संक्रमितकाे संख्या बढ्दै गएपछि तेस्राे लहर सुरु हुने चेतावनी विज्ञहरुले दिइरहेका छन्। संक्रमणबाट जाेगिन सरकारले सुरक्षा मापदण्डकाे अनिवार्य पालना गर्न निर्देशन जारी गरेकाे छ।

काठमाडाैँ उपत्यकामा संक्रमण राेकथामका लागि निषेधाज्ञा पनि जारी गरिएकाे छ तर निषेधाज्ञाकाे सही पालना हुन सकेकाे छैन।

प्रशासनले निषेधाज्ञा पालना गराउन भूमिका नखेलेकाे आराेप लागिरहेका बेला बिहीबार काठमाडाैँका सहायक प्रमुख जिल्ला अधिकारीकाे नेतृत्वमा अनुगमन निरीक्षण गरिएकाे छ।

काठमाडाैँकाे माइतीघर लगायतका स्थानमा रहेका पसल तथा सार्वजनिक यातायातमा सहायक प्रजिअ उमाकान्त अधिकारी नेतृत्वकाे टाेलीले अनुगमन गरेकाे हाे। साे क्रममा मास्क नलगाउनेहरुलाई जनस्वास्थ्य मापदण्ड उल्ल‌घन गरेकाे आराेपमा जनही रु एक सय रुपैयाँ जरिवाना तिराइएकाे छ।

सरकारले पछिल्लाे समय मास्क लगाउन भन्दै चेतनामुलक अभियान पनि चलाइरहेकाे छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here