Homeमनोरञ्जनमह जोडीको फिल्म ‘महापुरुष’ को प्रदर्शन मिति घोषणा

मह जोडीको फिल्म ‘महापुरुष’ को प्रदर्शन मिति घोषणा

फिल्म ‘महापुरूष’ को फर्स्टलुक पोस्टरसहित प्रदर्शन मिति सार्वजनिक भएको छ । ‘महजोडी’ मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यको मुख्य भूमिका रहेको यो फिल्म आगामी कात्तिक ११ गते रिलिज हुनेछ।

प्रचारका लागि निर्माण टिमले दुईवटा पोस्टर सार्वजनिक गरेको छ। दुवै पोस्टरमा हरिवंश आचार्य छन्। एउटा पोस्टरमा भने भने हरिवंश र गौरी मल्ल बेहुलाबेहुलीको लुकमा भागिरहेको देख्न सकिन्छ।

षट्कोण आट्स प्रस्तुती रहेको फिल्मको निर्माता दिपेश खत्री हुन्। रविन्द्र सिंह बानिया कार्यकारी निर्माता रहेको फिल्ममा प्रदीप भट्टराईको लेखन र निर्देशन रहेको छ।

फिल्ममा हरिवंश, मदनकृष्ण र रविन्द्रका साथै गौरी मल्ल, राजाराम पौडेल, अरुण क्षेत्री, अन्जना क्षेत्री, शिखा तामाङ लगायतका कलाकारहरूको अभिनय रहेको छ।

षट्कोण आर्ट्सले यसअघि टलकजङ भर्सेस टुल्के, जात्रा र जात्रै जात्रा फिल्म निर्माण गरेको छ । उसको आगामी फिल्म ‘डाकिनी’को प्रदर्शन पनि यसैवर्ष गर्ने तयारी छ । अब कात्तिक ११ गते महापुरुषको बक्सअफिस प्रतिस्पर्धा सौगात मल्ल स्टारर ‘लाखे’सँग हुनेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Must Read