Home समाचार काठमाडौँमा अझ ठुलो प्रदर्शन गर्नुपर्ने, टाउको मै हान्नुपर्ने प्रचण्डको भनाई

काठमाडौँमा अझ ठुलो प्रदर्शन गर्नुपर्ने, टाउको मै हान्नुपर्ने प्रचण्डको भनाई

नेपाल कम्न्युष्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल “प्रचण्ड” ले काठमाडौँमा थप ठुलो जनशक्ति प्रदर्शन गर्न आवश्यक रहेको बताएका छन्। पार्टी कार्यालय पेरिस डाँडामा आयोजित कार्यक्रममा काठमाडौँ केन्द्रित ठुलो शक्ति प्रदर्शन गरि टाउको मै हान्नुपर्ने भएको बताएका हुन्।

“गएको ९ गतेको बिरोध प्रदर्शनमा तपाईहरु लाई १० हजार जति आउनु भनेका थियौ तर तपाईहरु साढे १३ हजारको संख्यामा उपस्थित हुनुभयो। अबको शक्ति प्रदर्शनमा तपाईहरु २५ हजारको संख्यामा आउनुपर्यो” , यसो भन्दै प्रचण्डले,”मलाई थाहा छ मैले तपाईहरुलाई २५ हजार जना आउनु भने पनि तपाईहरु ३० हजार त आईहाल्नुहुन्छ, किनकि भनेको भन्दा बढि गर्ने तपाइहरुको बिशेषता भयो। ”

प्रचण्डले अबको संघर्ष निर्णायक संघर्ष हुने बताए।

आजै प्रचण्ड- माधव समुहले थप संघर्षका कार्यक्रम घोसणा गर्दै छ।

TLN Post
सपूर्ण नेपाली सम्पूर्ण समाचार,म्युजिक भिडियो, फिल्म र अन्य खबरहरु र साथसाथै म्युजिक र फिल्महरु को रिभ्यु | साथै यहाँहरुको म्युजिक भिडियो र फिलिमहरुको प्रोमोसन गर्नु परेमा हामी लाई साम्झनुहोस |

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Must Read