Homeजीवनशैलीघरमा कहिल्यै पैसाको अभाव हुन नदिन राख्ने गर्नुहोस् यी ६ चिज, मिल्नेछ...

घरमा कहिल्यै पैसाको अभाव हुन नदिन राख्ने गर्नुहोस् यी ६ चिज, मिल्नेछ समृद्धि

कहिलेकाही हामीले जति मेहनत गरेपछि पैसाको अभाव हुने गर्दछ। तन, मन र बचन लगाएर काम गर्दा पनि पैसाको अभाव खड्कियो भने तपाईमा वास्तु दोषको प्रभाव परेको हुन सक्छ।त्यसैले हामीले घरमा राखिने केही व्यक्तिमा थोरै कुरा ध्यान दिदा बास्तु दोष हट्ने सम्भावना रहन्छ।

आज हामी तपाईलाई वास्तुदोष हटाएर घरमा पैसाको अभाव हुन नदिने केही उपायका बारेमा जानकारी दिदै छौँ। घरमा राख्नुस् यी ६ कुराः

१) घरमा माटोको घडा राख्नुस् । यसले घरमा पैदा गर्ने सकारात्मक उर्जाले धनको अभाव हुन दिँदैन । तर घडामा सँधै सफा पानी भरेर राख्नुस्। २) घरको दक्षिणपश्चिम दिशामा पञ्चमुखी हनुमानको प्रतिमा वा तस्विर लगाउनुस्। यसको नित्य पुरा गर्दा घरमा पैसाको अभाव हुँदैन।

३) घरमा वास्तु दोष हुने भएका कारण धनको अभाव हुने वास्तु शास्त्रको भनाइ छ। वास्तु दोष हटाउनका लागि घरमा वास्तु भगवानको प्रतिमा राख्नु राम्रो मानिन्छ। यसो गर्दा धनको अभाव दुर हुन्छ। ४) घरको मुख्य ढोकामा लक्ष्मी र कुवेरको मुर्ती वा स्वस्तिकको चिन्ह राख्नु शुभ मानिन्छ। यो चिन्हले घरमा अभाव हुन दिदैन।

५) घरका अधिकांश सदस्यहरुले धेरै समय विताउने कोठा वा स्थानमा चाँदी, पित्तल वा तामाको पिरामिड राख्नुस्। यसले घरमा धनको अभाव हुन दिदैन। ६) वास्तु शास्त्रमा घरमा शुभ उर्जा पैदा गर्नका लागि धातुले बनेको कछुवा वा माछा राख्नु राम्रो मानिन्छ। यसले घरमा आर्थिक अभाब हुन दिदैन।

TLN Post
TLN Post
सपूर्ण नेपाली सम्पूर्ण समाचार,म्युजिक भिडियो, फिल्म र अन्य खबरहरु र साथसाथै म्युजिक र फिल्महरु को रिभ्यु | साथै यहाँहरुको म्युजिक भिडियो र फिलिमहरुको प्रोमोसन गर्नु परेमा हामी लाई साम्झनुहोस |

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Must Read