Homeमनोरञ्जन'नेपहपको श्रीपेच'को दोस्रो प्रोमोमा भाइरल 'माईला'को प्रस्तुति, फागुन १६ गतेबाट प्रशारण हुने

‘नेपहपको श्रीपेच’को दोस्रो प्रोमोमा भाइरल ‘माईला’को प्रस्तुति, फागुन १६ गतेबाट प्रशारण हुने

रियालिटी शो ‘नेपहपको श्रीपेच’ को दोस्रो प्रोमो सार्वजनिक गरिएको छ l प्रोमोमा अहिलेका भाइरल र्यापर ‘माइला’को प्रस्तुतिलाई देखाइएको छ।

प्रोमोमा मिस्टर डी, डेजेन र कवि-जी प्रि–जजहरूको रूपमा देखाइएको छ l तर यस शोको जजमा भने र्यापर बालेन शाह, गिरिस खतिवडा र मानस घले छन् l यस अघि निर्माण टिमले पहिलो प्रोमोमा फीमेल र्यापर फुर्दुकीलाई देखाएको थियो l जुन भिडियोले हाल सम्म युट्युबमा २ लाख तीस हजार भ्युज र विभिन्न सामाजिक सञ्जालमा २० लाख भ्युज प्राप्त गरेको थियो ।

कार्यक्रम फागुन १६ बाट इमेज टेलिभिजन र डि म्युजिक टिभी मार्फत प्रसारणमा आउने भएको छ । कार्यक्रम युट्युबमा भने ओ.एस.आर रियालिटीबाट आउनेछ । नेपालमा पहिलो पटक हुन लागेको ‘नेपहपको श्रीपेच’ र्‍याप म्युजिक रियालिटी शो हो । डि म्युजिक टिभीको प्रस्तुती रहेको उक्त शोलाई सुदिप पोख्रेल र रोशन श्रेष्ठले निर्माण गरेका हुन् ।

कार्यक्रमका लागी ८००० भन्दा बढीले डिजिटल अडिसन मार्फत सहभागिता जनाएका थिए जस मध्य ६०० जनाको विभिन्न सहरमा फिजिकल अडिसन लिइएको थियो । अब फिजिकल अडिसनबाट छानिएका १२३ जना ले श्रीपेचको लागी प्रतिस्पर्धा गर्नेछन् ।

‘नेपहपको श्रीपेच’ को विजेताले १० लाख र उपविजेता ले ५ लाख प्राप्त गर्ने छन् ।

प्रोमो भिडियो यस्तो छ :

 

 

TLN Post
TLN Post
सपूर्ण नेपाली सम्पूर्ण समाचार,म्युजिक भिडियो, फिल्म र अन्य खबरहरु र साथसाथै म्युजिक र फिल्महरु को रिभ्यु | साथै यहाँहरुको म्युजिक भिडियो र फिलिमहरुको प्रोमोसन गर्नु परेमा हामी लाई साम्झनुहोस |

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Must Read