Home अर्थ साताकाे अन्तिम काराेबार दिनदाेहाेराे अंकले घट्याे नेप्से, किन रोकिएन बजारको ओरालो यात्रा...

साताकाे अन्तिम काराेबार दिनदाेहाेराे अंकले घट्याे नेप्से, किन रोकिएन बजारको ओरालो यात्रा ?

साताकाे अन्तिम काराेबार दिन आज (बिहीबार) पनि सेयर बजारमा दाेहाेराे अंककाे गिरावट देखिएकाे छ । हिजाे (बुधबार) पनि सेयर बजारमा सामान्य गिरावट देखिएकाे थियाे । हिजाेकाे तुलनामा काराेबार रकम भने ह्वात्तै घटेकाे छ । हिजाे सेयर बजार ४.२३ अंकले घटेर २४१४.६२ विन्दुमा झर्दा ४ अर्ब ५८ करोड ८३ लाख रूपैयाँ बराबरकाे काराेबार भएकाे थियाे ।

पूँजी बजारमा निरन्तर विभिन्न व्यक्ति र नियामक निकायहरूबाट प्रहार भइरहँदा सेयर बजार घटेकाे लगानीकर्ता सिद्धार्थ पन्तले बताए । उनी भन्छन्, “बजार अलिकति बढ्न खाेज्याे भने कतै न कतैबाट बजारलाई प्रहार भइहाल्छ । यस्ताे हुँदा हामी लगानीकर्ताकाे मनाेबल घट्दै गइरहेकाे छ । त्यसैले अहिले बजार घटेकाे हाे ।” उनले थपे, “बजारमा तरलताकाे अभाव पनि कायमै छ । यदी अहिलेकाे अवस्थामा नियामक निकायहरूले सेयर बजारकाे विकासका लागि केही पहल गर्ने हाे भने लगानीकर्ताकाे मनाेबल बढ्छ र बजारमा पनि सकारात्मक माहाेल बन्छ।”

नेपाल स्टक एक्सचेञ्जका अनुसार आज (बिहीबार) सेयर कारोबार मापक नेप्से परिसूचक ३७.८७ अंकले घटेर २३७६.७४ विन्दुमा झरेकाे छ । नेप्से १.५७ प्रतिशतले घटेकाे हो । यता सेन्सेटिभ परिसूचक पनि ५.८८ अंकले घटेर ४५३.५३ विन्दुमा झरेको छ ।

स्टकका अनुसार कारोबार भएका कूल १३ उपसमूहमध्ये आज म्युचुअल फण्ड बाहेक बाँकी सबै उपसमूहकाे सेयर घटेको छ ।

आज प्रभु बैंक लिमिटेडकाे सर्वाधिक काराेबार भएकाे छ । बैंककाे ९ कराेड ४३ लाख १९ हजार रूपैयाँ बराबरकाे काराेबार भएकाे हाे ।

बिहीबार नेपाल बङ्गलादेश बैंक लिमिटेडकाे सेयरमूल्यमा सकारात्मक सर्किट लागेकाे छ । बैंककाे सेयरमूल्य ९.९९ प्रतिशतले बढेर ३ सय ५४ रूपैयाँ ६० पैसा पुगेकाे छ ।

आज ग्रीन लाइफ हाइड्राेपावर कम्पनी लिमिटेडकाे सेयरमूल्य सबैभन्दा धेरै घटेकाे छ । संस्थाकाे सेयरमूल्य ७.५९ प्रतिशतले घटेर प्रतिकित्ता ३ सय ६५ रूपैयाँमा झरेकाे छ ।

TLN Post
सपूर्ण नेपाली सम्पूर्ण समाचार,म्युजिक भिडियो, फिल्म र अन्य खबरहरु र साथसाथै म्युजिक र फिल्महरु को रिभ्यु | साथै यहाँहरुको म्युजिक भिडियो र फिलिमहरुको प्रोमोसन गर्नु परेमा हामी लाई साम्झनुहोस |

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Must Read