Homeसमाचारसरकारी सुविधा नलिने स्वास्थ्य राज्यमन्त्री श्रेष्ठको घोषणा

सरकारी सुविधा नलिने स्वास्थ्य राज्यमन्त्री श्रेष्ठको घोषणा

स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री उमेश श्रेष्ठले आफू पदमा रहुन्जेल कुनै पनि सरकारी सेवा सुविधा नलिने बताएका छन् । राज्यमन्त्री पदमा रहँदासम्म सरकारले दिने पारश्रमिक तथा तलबभत्ता नलिने उनले घोषणा गरेका हुन्‌ ।

मन्त्रालयमा आयोजित आफ्नो १०० दिनको आगामी कार्ययोजना सार्वजनिक कार्यक्रममा उनले उक्त घोषणा गरेका हुन् । तर सरकारले दिने सुरक्षाकर्मी सुविधा भने उनले लिने बताए । सुरक्षाकर्मीबाहेक उनले तलब-भत्ता, गाडी र आवास लगायत सेवा-विधा केही नलिने बताएका हुन् ।

स्वार्थ बाझिने गरी उनलाई मन्त्री बनाएको भन्दै आलोचना भइरहेका बेला राज्यमन्त्री श्रेष्ठले आफू संलग्न रहेको व्यावसायिक संस्थाहरुबाट समेत राजीनामा दिने बताए । उनले आफू मन्त्री पदमा रहुन्जेलका लागि अन्य विभिन्न शैक्षिक तथा स्वास्थ्य संस्थाबाट राजीनामा दिने घोषणा गरेका हुन् ।

TLN Post
TLN Post
सपूर्ण नेपाली सम्पूर्ण समाचार,म्युजिक भिडियो, फिल्म र अन्य खबरहरु र साथसाथै म्युजिक र फिल्महरु को रिभ्यु | साथै यहाँहरुको म्युजिक भिडियो र फिलिमहरुको प्रोमोसन गर्नु परेमा हामी लाई साम्झनुहोस |

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Must Read