Homeसमाचारनेपाल टेलिकमले आजदेखि भीओएलटीई सेवाको सुरुवात गर्दै, के हो भीओएलटीई ?,कसरि एक्टिभेट...

नेपाल टेलिकमले आजदेखि भीओएलटीई सेवाको सुरुवात गर्दै, के हो भीओएलटीई ?,कसरि एक्टिभेट गर्ने?

नेपाल टेलिकमले भोलिदेखि भ्वाइस ओभर लङटर्म इभोलुसन (भीओएलटीई) सेवाको परिक्षण गर्दै छ । टेलिकमले विश्व दूरसञ्चार तथा सूचना समाज दिवसको अवसर पारेर जेठ ३ गतेदेखि प्रिपेड तथा पोस्टपेड फोरजी मोबाइलमा भीओएलटीई सेवाको सुरुवात गर्न लागेको हो ।

टेलिकमले सेवाहरुमा आधुनिकीकरण गर्ने क्रममा वायरलेस प्रविधिको चांैथो पुस्ताको फोरजीमा एलटीई प्रविधि अन्तर्गत यो सेवा सुरु गर्न गएको जनाएको छ ।यो सेवाको उपलब्धतासँगै फोरजी मोबाइलमा हाई डेफिनेसन भ्वाइस, डायल गर्नासाथ सम्पर्क कायम हुने नेटवर्कको सहज उपलब्धताका साथै सेवामा थप गुणस्तरीयता महशुस गर्न सकिने कम्पनीले जनाएको छ ।

माग बमोजिम उपलब्ध हुने यो सेवाका लागि नेपाल टेलिकमका सेवाग्राहीले भीओएलटीई सपोर्ट गर्ने आफ्नो मोबाइलबाट *444# ​डायल गरी प्राप्त निर्देशनहरूको अनुशरण गरी सिममा भीओएलटीई एक्टिभेट गर्नुपर्दछ । यो सेवा मोबाइलमा सक्रिय गर्नका लागि मोबाइलको सेटिङमा गई भीओएलटीई कल फर एनटिसी सिम समेत इनेबल गर्नुपर्दछ र लगत्तै मोबाइल सेटको माथिल्लो लहरमा भीओएलटीईको संकेत देखा पर्दछ ।

भीओएलटीईको संकेत देखा परेपछि *111# डायल गर्नुपर्दछ । नेपाल टेलिकमले यो सेवाको प्रयोगकर्तालाई नेपाल टेलिकमको नेटवर्कमा २८ दिनसम्म प्रयोग गर्न सकिने १०० मिनेट भीओएलटीई भ्वाइस सुविधा एकपटकका लागि निःशुल्क उपलब्ध गराउने टेलिकमले जनाएको छ ।

TLN Post
TLN Post
सपूर्ण नेपाली सम्पूर्ण समाचार,म्युजिक भिडियो, फिल्म र अन्य खबरहरु र साथसाथै म्युजिक र फिल्महरु को रिभ्यु | साथै यहाँहरुको म्युजिक भिडियो र फिलिमहरुको प्रोमोसन गर्नु परेमा हामी लाई साम्झनुहोस |

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Must Read