Homeसमाचारगाउँपालिका अध्यक्ष नै फोन गर्न रुख चढ्छन्

गाउँपालिका अध्यक्ष नै फोन गर्न रुख चढ्छन्

हुम्लाको चंखेली गाउँपालिकामा मोवाइलले काम नगर्दा स्थानीय समस्यामा पर्दै आएका छन्। टेलीफोन गर्न गाउँबाट २ घण्टा टाढा पुग्नुपर्ने बाध्यता छ।

नजिकै टावर नहुँदा मोवाइलमा नेटवर्कको समस्या हुने गरेको चंखेली गाउँपालिका अध्यक्ष धनलाल चौलागाईंले बताए। उनी भन्छन ‘घरमा बसेर मोवाइलमा कुरा गर्न सकिँदै,मोवाइलबाट कसैसँग कुरा गर्नुपर्यो भने कि दुई घण्टा टाढा पुग्नुपर्छ, कि रुखको टुप्पोमा पुग्नुपर्ने बाध्यता छ।’

६ वटा वडा रहेको चंखेलीमा टेलिकमको एउटा मात्रै टावर छ। चंखेली ५ मा रहेको उक्त टावरले सबैतिर काम नगर्दा स्थानीय सञ्चार सुविधाबाट बञ्चित हुँदै आएका छन्। टेलिकमको अर्को टावर निर्माणको पहल भइरहेको अध्यक्ष चौलागाईँले बताए।

चंखेलीमा इन्टरनेटले पनि राम्रो काम गर्दैन। घाम लागेको बेला इन्टरनेटले काम गर्ने भएपनि पानी पर्दा र घाम नलाग्दा काम नहुने उले बताए।

 

TLN Post
TLN Post
सपूर्ण नेपाली सम्पूर्ण समाचार,म्युजिक भिडियो, फिल्म र अन्य खबरहरु र साथसाथै म्युजिक र फिल्महरु को रिभ्यु | साथै यहाँहरुको म्युजिक भिडियो र फिलिमहरुको प्रोमोसन गर्नु परेमा हामी लाई साम्झनुहोस |

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Must Read