Homeसमाचारदोलखा भीमेश्वर मन्दिरमा पसिना

दोलखा भीमेश्वर मन्दिरमा पसिना

दोलखा जिल्लाको भीमेश्वर मन्दिरमा पसिना आएको छ ।

शनिवार (आज) दिउँसो सवा बाह्र (१२ः१५) बजेको समयमा मन्दिरको शिलामा पसिना आएको दोलाखाका प्रमुख जिल्ला अधिकारी (सीडीओ) बासुदेव घिमिरेले लोकपथलाई जानकारी दिए ।

“दिउँसो सवा १२ बजेको समयमा मन्दिरको शिलामा पसिना आयो भन्ने खबर आयो । त्यस लगत्तै हामी त्यहाँ गएका छौँ ।” उनले भने ।

दोलखा भीमेश्वरमा पसिना आएपछि केहि अनिस्ट हुने धार्मिक मान्यता रहिआएको छ । त्यसो त भीमेश्वर मन्दिरमा पसिना आएपछि राष्ट्रपतिबाट क्षमापूजा गरिँदै आएको छ । अहिले पनि पसिना आएको खबर राष्ट्र प्रमुखकोमा पठाइने तयारी भइरहेको उनले बताए ।

“पसिना आएपछि राष्ट्रप्रमुखबाट क्षमा पूजा गरिने प्रचलन रहेको छ । त्यसै अनुसार प्रशासनले राष्ट्र प्रमुख समक्ष क्षमा पूजाको लागि आह्वान गर्ने तयारी भइरहेको छ ।” उनले भने ।

पछिल्लो समय गत मंसिरमा पनि भीमेश्वर मन्दिरमा पसिना आएको थियो ।

TLN Post
TLN Post
सपूर्ण नेपाली सम्पूर्ण समाचार,म्युजिक भिडियो, फिल्म र अन्य खबरहरु र साथसाथै म्युजिक र फिल्महरु को रिभ्यु | साथै यहाँहरुको म्युजिक भिडियो र फिलिमहरुको प्रोमोसन गर्नु परेमा हामी लाई साम्झनुहोस |

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Must Read