Homeसमाचारकामीरिताले तोडे आफ्नै रेकर्ड : २५ औं पटक बिश्वको अग्लो शिखर सगरमाथाको...

कामीरिताले तोडे आफ्नै रेकर्ड : २५ औं पटक बिश्वको अग्लो शिखर सगरमाथाको चुचुरोमा पाईला

आरोही कामीरिता शेर्पाले २५औं पटक विश्वको अग्लो शिखर सगरमाथाकाे चुचुरोमा पाइला राखेका छन्।

मे ७ अर्थात वैशाख २४ गते शुक्रबार साझँको ६ बजे सगरमाथाकाे चुचुराेमा कामीरितासहित १२ जनाले पाइला राखेकाे सेभन समिट ट्रेर्कस प्रालिले जनाएको हाे।

कामरिता रोप फिक्सिङ टिमका लिडरसमेत हुन्। कामरितासँगै टाेलीमा रहेका तेन्जिङ शेर्पा,  मिंगमा तेन्जी शेर्पा, मिंगमा दोर्ची शेर्पा, फुर्तेन्जी शेर्पा र लाक्पा नुर्बु शेर्पा सगरमाथाकाे चुचुराेमा पुगेका थिए।

यस्तै, निमा टासी शेर्पा, फुरा छिरिङ शेर्पा, फुर्बा छोटर शेर्पा,  छेतेन दोर्जे शेर्पा, तेन्जिङ ग्याल्जेन शेर्पा र फुर्बा कुसुङ शेर्पा पनि सगरमाथाकाे चुचुराेमा पुगेका थिए।

पर्यटन विभागका महानिर्देशक रुदसिंह तमाङले पनि १२ जनाले सगरमाथा आरोहण सफलताका साथ पुरा गरेको पुष्टी गरे।

TLN Post
TLN Post
सपूर्ण नेपाली सम्पूर्ण समाचार,म्युजिक भिडियो, फिल्म र अन्य खबरहरु र साथसाथै म्युजिक र फिल्महरु को रिभ्यु | साथै यहाँहरुको म्युजिक भिडियो र फिलिमहरुको प्रोमोसन गर्नु परेमा हामी लाई साम्झनुहोस |

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Must Read