Homeसमाचारसिईडीबी हाइड्रोपावरको आईपीओ भर्ने भोली अन्तिम दिन : मंगलबारसम्म भर्न सकिने

सिईडीबी हाइड्रोपावरको आईपीओ भर्ने भोली अन्तिम दिन : मंगलबारसम्म भर्न सकिने

बैशाख १७ गते शुक्रबारदेखि सिईडीबी हाइड्रोपावरले सर्वसाधारण लगानीकर्ताको लागि आईपीओ बिक्री खुल्ला गरेको छ ।

कम्पनीले बिक्रीमा ल्याएको आईपीओ पर्सि अर्थात मंगलबारसम्म सर्वसाधारण लगानीकर्ताले भर्न पाउने भएको छन् । कम्पनीले सर्वसाधारणका लागि २५ करोड रुपैयाँको आईपीओ बिक्रीमा ल्याएको हो ।

कम्पनीले कुल जारी पूँजी ८३ करोड ९४ लाख १० हजार रुपैयाँको ३० प्रतिशतले हुने २५ करोड १८ लाख २३ हजार रुपैयाँ बराबरको आईपीओ निष्काशन गरेको हो।

निष्काशन गरिने कुल शेयरमध्ये २ प्रतिशत अर्थात ५० हजार ३६५ कित्ता शेयर कर्मचारीहरुका लागि र ५ प्रतिशत अर्थात १ लाख २५ हजार ९११ कित्ता शेयर सामूहिक लगानी कोषलाई छुट्याएको छ। सर्वसाधारणले बाँकी २३ लाख ४१ हजार ९५४ कित्ताका लागि आवेदन दिन सक्नेछन्।

कम्पनीले बिक्रीमा ल्याएको पहिलो दिनमा साढे १० लाखले आईपीओ भरेका छन् । पहिलो दिनमा उच्च आवेदन परेकाले कम्पनीको आईपीओ मंगलबारसम्म भर्न पाइने भएको छ ।  सीडीएस एन्ड क्लियरिङ लिमिटेडका अनुसार आइतबार साँझ ५ बजेसम्ममा १२ लाख ११ हजार ३४० जना आवेदकले उक्त आवेदन दिएका हुन् । कम्पनीले शुक्रबार (वैशाख १७ गते) बाट सर्वसाधारणका लागि २३ लाख ४१ हजार ९५४ कित्ता सेयर खुला गरेको हो । यसआधारमा, हालसम्म सर्वसाधारणले माग भन्दा ८.०५ गुणा बढी आवेदन दिइसकेका छन् ।

TLN Post
TLN Post
सपूर्ण नेपाली सम्पूर्ण समाचार,म्युजिक भिडियो, फिल्म र अन्य खबरहरु र साथसाथै म्युजिक र फिल्महरु को रिभ्यु | साथै यहाँहरुको म्युजिक भिडियो र फिलिमहरुको प्रोमोसन गर्नु परेमा हामी लाई साम्झनुहोस |

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Must Read