Homeमनोरञ्जनदुर्गेशको चेतावनीपछि कमेडी क्लबले हटायो युट्युबबाट प्रोमो

दुर्गेशको चेतावनीपछि कमेडी क्लबले हटायो युट्युबबाट प्रोमो

‘कमेडी क्लब विथ च्याम्पियन’ को दोस्रो भागको प्रोमोमा आफ्नो मान् हानी हुने गरी ब्यङ्ग्य हानेको भन्दै गायक दुर्गेश थापाले प्रोमो हटाउन लगाएका छन् ल

प्रसारित प्रोमोमा उक्त कार्यक्रमका कमेडीयन सजन श्रेष्ठ ले दुर्गेशको पोस्टरसमेत देखाएर उनको मजाक उडाएका थिए । पल शाह प्रकरणलाई ईंगित गर्दै दुर्गेश कसैको साथी हुनसमेत लायक नरहेको सन्देश दिन खोजिएको थियो ।

प्रोमोमा सजनले भनेका थिए, ‘उहाँ चैँ, गाली खान पचाउन सिकाउने गुरु । उहाँले जस्तो गाली पचाउन कसले सक्छ र बा बा…। उहाँ फेरि मेरो गुरु मात्र हो, साथी होइन । साथी हानिकारक हुन्छ ।’

दुर्गेशले कार्यक्रमको निर्माण पक्षसँग यसमा आपत्ति जनाउँदै कानूनी प्रक्रियामा जान सक्ने चेतावनी दिएका थिए । हाल निर्माण टिमले सो प्रोमो युट्युब बाट हटाइसकेको छ l दुर्गेशले कानुनी प्रक्रियामा जाने चेतावनी दिएपछि निर्माण टिमले सो प्रोमो हटाएका हुन् ल

यस बारे दुर्गेशले साजन र सो मा अध्यक्ष रहेकी कलाकार दिपाश्री निरौला सँग पनि कुरा गरी सकेका छन् l बुझिए अनुसार पूरा कार्यक्रममा पनि दुर्गेशको सो दृश्य हटाइने छ l

TLN Post
TLN Post
सपूर्ण नेपाली सम्पूर्ण समाचार,म्युजिक भिडियो, फिल्म र अन्य खबरहरु र साथसाथै म्युजिक र फिल्महरु को रिभ्यु | साथै यहाँहरुको म्युजिक भिडियो र फिलिमहरुको प्रोमोसन गर्नु परेमा हामी लाई साम्झनुहोस |

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Must Read